बगनास डाँडामा फर्फरायो देशकै ठूलो राष्ट्रिय झण्डा

0
17

पाल्पा । बगनासकाली गाउँपालिका–९ बगनास डाँडामा देशकै ठूलो राष्ट्रिय झण्डा अनावरण गरिएको छ ।
बगनासकाली गाउँपालिकाले उक्त झण्डा निर्माण गरेको हो । संविधान दिवसको अवसरमा बिहीवार बगनासकाली गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले उक्त भण्डाको अनावरण गर्नुभयो ।

झण्डाको पोल उचाई ७० फिट र झण्डाको उचाई ५० फिट रहेको छ । बगनासडाँडा आफैमा पनि पर्यटकीय गन्तव्यको रुपमा रहेकोले पनि यहाँको पर्यटन प्रवर्धनका लागि ठूलो झण्डाले थप मद्धत पुग्ने अध्यक्ष चिदीले बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनाल, प्रवक्ता टिका बहादुर थापाले यो झण्डा बगनासकालीको मात्रै नभएर देशकै गौरवको रुपमा रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here