Site icon PALPA SAMACHAR

धारादी स्यानडाँडा पाखा सामुदायिक वनको अधिवेशन सम्पन्न

पाल्पा । तानसेन नगरपालिका वडा न १२ मा रहेको धारादी स्यानडाँडा पाखा सामुदायिक वनको ३० वार्षिक साधारण सभा तथा १६ औ अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको तानसेन नगरपालिका वडा न १२ का वडाअध्यक्ष मेजरसिह केसीले उद्घाटन गर्नुभयो । सो अवसरमा आफ्नो भनाई राख्दै सामुदायिक बन सवैको भएकोले यसको रेखदेख पनि सवैले गर्नुपर्नेमा जोड दिनुभयो साथै उहाँले बडाको तर्फबाट सामुदायि बनलाई सहयोग गर्न सधै तयार रहेको बताउदै वनले पनि अव आर्थिक उपार्जन गर्ने तर्फका कार्यक्रमहरु समेत ल्याउनु पर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मोहनकन्या माध्यमिक विद्यालयका शिक्षक लिलाबहादुर राना, सामुदायिक बनका पूर्व अध्यक्ष भिम बहादुररास्कोटी,सार्वजनिक प्राथमिक विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपाल लगायतकाले शुभकामना मन्तब्य राख्नु भएको थियो । सो अवसरमा पाहुनाहरुलाई सामुदायिक बनका उपाध्यक्ष विष्णु आलले कार्यक्रममा आउनु भएका पाहुनाहरुलाई स्वागत गर्नुभएको थियो ।सामुदायिक कोषाध्यक्ष रमा नेपालले आम्दानी खर्चको हिसाव किताव सुनाउनु भएको थियो ।

यसैगरी सचिव सुस्मिता खत्रीले बनको प्रतिवेदन सुनाउदै कार्यक्रम चलाउनु भएको थियो ।सामुदायिक बनका अध्यक्ष गोपालसिंह आलेको सभापतित्वमा कार्यक्रम चलेको थियो । सो अवसरमाले उहाँले बनलाई आजको अवस्था सम्म ल्याइपुर्याउन सहयोग गर्ने सवैलाई धन्यवाद दिनुभएको थियो ।

अधिवेशनले रामचन्द्र नेपाललाई अध्यक्षमा चयन गरेको छ । यसैगरी समितिको उपाध्यक्षमा विष्णु आले, सचिवमा सुस्मिता खत्री,सहसचिवमा सविता आले, कोषाध्यक्षमा तलिमाया राना चयन हुनु भएको छ । यसैगरी सदस्यहरुमा डिलबहादुर रास्कोटी,भरत खत्री, पार्वती विक,बाल कुमारी नेपाली चयन हुनु भएको छ ।

Exit mobile version