सार्वजनिक प्राविको नयाँ भवनको शिलन्यास

0
162

पाल्पा । तानसेन नगरपालिका वडा न १२ मा रहेको श्री सार्वजनिक प्राथमिक विद्यालको नयाँ वन्न लागेको भवनको सिलन्यास गरिएको छ ।

एक कार्यक्रमका विच तानसेन नगरपालिका वडा न १२ का वडा अध्यक्ष मेजरसिह केसी र जापानीज समाजसेवी ओके बाजेले सयुक्त रुपमा नयाँ बन्न लागेको भवनको सिलन्यास गर्नुभएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वडा न १२ का वडा अध्यक्ष मेजरसिह केसीले विद्यालयलाई आजको अवस्था सम्म ल्याईपुरयाउनको लागि सवैको उत्तिकै साथ रहेको बताउनुभयो । उहाँले जहिले सम्म हामि शिक्षित बन्न सक्दैनौ तव सम्म विकास संभव नहुने बताउदै वडाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । सो अवसरमा जापानीज समाजसेवी ओके बाजेले आफूले सानो सहयोग गरेका तर समुदायले यसलाई उच्च प्राथमिकतामा राखेर समयमै विद्यालय निमार्ण गर्नेमा जोड दिदै आफूले फेरी पनि सहयोग गरिरहने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी सुन्दर प्रसाद श्रेष्ठले ओके बाजेले शिक्षामा गरेको लगानीलाई पाल्पालीहरुले कहिल्यै पनि भुल्न नसक्ने बताउनुभयो । कार्यक्रममा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक तथा सोहि विद्यालयका पूर्व विद्यार्थी कृष्णआलले ओके बाजेको सहयोगमा बन्न लागेको नयाँ विद्यालय भवनले विद्यार्थीहरुको पठनपाठनमा सहयोग पुग्ने विश्वास लिनुभयो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र नेपालको अध्यक्षतामा भएको कार्यक्रम प्रधानाध्यापक रामकुमारी थापाले चलाउनु भएको थियो । एक कोठे भवन वनाउनको लागि ओके बाजेले तीनलाख नगद प्रदान गर्नुभएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here