Site icon PALPA SAMACHAR

समाचार प्रभावः ज्ञानमतिको घरमै पुगेर आँखा जाच्नुका साथै आर्थिक सहयोग

पाल्पा । बगनासकाली–७ खानीगाउँकी ६९ वर्षीया दृष्टिबिहीन ज्ञानमति खाम्चाको पाल्पा समाचार डटकम सहित बिभिन्न संचार माध्यममा समाचार प्रकाशन प्रसारण भएपछि नेत्र रोग बिशेषज्ञ लगायतको टोली ज्ञानमतिको घरमै पुगेर उहाँको आँखा परीक्षण गरेका छन् ।

पाल्पा लायन्स लाकौल आँखा अस्पताल तानसेनका अध्यक्ष बुद्धिप्रसाद शर्मा, उपाध्यक्ष भिमसेन कार्की सहित अस्पतालमा कार्यरत नेत्ररोग बिशेषज्ञहरुको टोली मंगलवार ज्ञानमतिको घरमै पुगेर उहाँको आँखाको अवस्थाबारे परीक्षण गरेका हुन् ।
अस्पतालका अध्यक्ष बुद्धिप्रसाद शर्माले ज्ञानमतिको आँखा परीक्षणको क्रममा आँखामा अवस्था जटिल भइसकेको पाइएको बताउनुभयो । “आँखा पुरै सुख्खा भइसकेको पाइएको र यस सम्बन्धी गर्न सकिने उपचारबारे भैरहवा काठ्माणडौका नेत्र रोग बिशेषज्ञहरुबाट जानकारी लिई सोही बमोजिम उपचार प्रवन्ध मिलाउछौ ।” उहाँले भन्नुभयो ।

सोही अवसरमा युएई स्थित नेपालीहरूबाट प्राप्त दशै खर्च रू ७ हजार रुपैयाँ पत्रकार नारायण न्यौपाने, वडाध्यक्ष गण बहादुर बुढाथोकी लगायतले लगायतले ज्ञानमतिलाई हस्तान्तरण गर्नुभयो । बगनासकाली गाउँपालिका–७ खानीगाउँ मैदानबारीकी ६९ वर्षीया ज्ञानमति खाम्चा २० वर्षदेखि दृष्टि बिहीन अवस्थामा रहनुभएको छ । उहाँका पतिको १५ वर्ष अघि निधन भइसकेको छ भने २ छोराहरुको पनि ८ वर्ष अघि निधन भएको थियो । उहाँका २ छोरीहरुको बिहेबारी भई आआफ्नो घरमा रहेका छन् ।

 

Exit mobile version