दशै लाग्यो, गाउँघरमा जनश्रमदानद्धारा सरसफाई अभियान

0
168

पाल्पा । तानसेन नगरपालिका वडा न १२ को वौघापोखराथोकमा जनश्रमदानबाट सरसफाई गरिएको छ । नेपालीहरुको महान चाड दशैको अवसर पारेर साविकको वडा न १ वौघापोखराथोकमा सरसफाई गरिएको हो ।

स्थानीय वासिन्दाहरुको सक्रियतामा तीन समूह बनाउन सरसफाई गरिएको थियो । एउटा समूहले तिनकुर्मे डहर देखि चेचीकोट दरवार,रनतपाण्डे मन्दिर हुदै चण्डिभन्ज्याङ सम्मको बाटो वरपर सरसफाई गरेको थियो । यसैगरी अर्काे समुहले वडा कार्यालय भवन देखि झेरुवन हुदै धारा सम्म सरसफाई गरेको थियो । त्यसैगरी अर्काे समूहले देउराली चोक देखि कोलडाँडा हुदै थाम्काडाँडा जाने बाटो सम्म सरसफाई गरेका थिए ।

सरसफाई कार्यक्रम विहान १० बजे देखि साझँ ४ बजे सम्म चलेको थियो । सरसफाई कार्यक्रमको नेतृत्व तानसेन नगरपालिका वडा न १२ का वडाअध्यक्ष मेजरसि केसीले गर्नुभएको थियो । बर्षमा एक पटक मात्र सरसफाई गर्ने नभएर आफनो गाउँठाउँ सामुहिक रुपमा महिनामा एक पटक नभए पनि तीन महिनामा एक पटक गर्नुपर्ने वडाअध्यक्ष केसीले बताउनुभयो । श्रमदानमा ६० घर धुरीका वासिन्दाहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here