Site icon PALPA SAMACHAR

दशैं नजिकिदै गर्दा बगनासकालीका वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

पाल्पा । बगनासकाली गाउँपालिकाले दशै नजिकिदै गर्दा वडा कार्यालयमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेपछि लाभग्राहीलाई सहज हुनुका साथै लाभग्राहीहरू खुशी भएका छन् ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गाउँपालिकाले वडाबाटै बितरण गरिरहेको छ । गाउँपालिकाले नेपाल बैंक र वडा कार्यालयको समन्वयमा वडा कार्यालयबाट र वडा कार्यालयसम्म पुग्न नसक्ने व्यक्तिहरुलाई घरमै पुगेर भत्ता उपलब्ध गराउँदै आएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

बैंकमार्फत भत्ता वितरणले जनताको खर्चमा समेत कमि आएको छ जनताले केही हद सम्म भएपनि सुखद अनुभुति गरेको आफुले पाएको र निरन्तर जनताकै सेवा र काममा लागिपर्ने अध्यक्ष चिदीले बताउनुभयो । “बैंकसम्म जान आउन समस्या, बैंकमा लाइनमा बस्नुपर्ने, सौचालय खानेपानी लगायतको समस्याका कारण लाभग्राहीहरुलाई अप्ठेरो थियो, अहिले सहज भएको छ ।” अध्यक्ष चिदीले भन्नुभयो । बगनासकाली गाउँपालिका—७ दैलातुङ्गका ८५ वर्षीयका गजबिर बोटेले गतसालदेखि भत्ता वडाबाटै बुझ्न पाउँदा सजिलो भएको बताउनुभयो ।

गाउँपालिका बैंक र वडा कार्यालयको समन्वयमा सामाजिक सुरक्षा भत्ता वितरण कार्यक्रमको आयोजना गरी गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता प्रदान गर्नुका साथै सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राही, गर्भवती महिला, अपाङ्गता भएका ब्यक्ति लगायतको नयाँ खाता खोल्ने, अद्यावधिक गर्ने लगायतका काम पनि स्थलगत रुपमै हुने गरेको गाउाँपलिका उपाध्यक्ष हरिप्रसाद पाठकले बताउनुभयो ।

Exit mobile version