पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दी घिउसिबास सिद्धबाबा मन्दिरमा यही माघ १ गतेदेखि ९ गतेसम्म हुने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटकह, संगितमय भवन कृर्तन कार्यक्रम रहेको छ । यस क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएका मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले बताउनुभयो ।
मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता,शव, विष्ण,ु भगवती लगायतका देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधादेखि मन्दिदरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले बताउनुभयो ।
महायज्ञ प्रचार प्रसार संयोजक कमलराज तिमिल्सेनाले महायज्ञलाई सफल बनाउने जिम्मेवारी मिडियाहाउस तथा पत्रकारहरुको रहेकोले सूचना तथा संचारका विषयमा आवश्यक सहयोग र सहकार्य गरेर जानुपर्ने बताउनुभयो ।
महायज्ञमा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रीमद भागवत महापुराण, वेद, चण्डी पाठ रुद्राभिषेक सहस्र जलधारा बेलपत्र अर्पण ग्रह शान्ति पुजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन, सहित पित्रीको फोटो राखी अर्पण लगायतका कार्यक्रम गरिनेछ ।
बिहान १० बजेदेखि अपरान ४ बजेसम्म संगीतमय कथा प्रवचन भजन किर्तन देवदेवताका लीलाहरू प्रस्तुत गरिनेछ । श्रीमद् भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सवमा पुग्ने भक्तजनले अर्पण गरेको रु.५०० सम्म दानपत्रमा राखिनेछ । ५०० देखि माथि १ हजा ५०० रुपैयाको नगदी रसिद काटिनेछ । १ हजार ५०० देखि ३ हजार रुपैया सम्म दान गर्ने भक्तजनको लागी फूलमाला सहित मञ्चबाट नाम घोषणा गरी सम्मान गरिने छ । यसैगरी ३ हजारदेखि ५ हजार सम्म दान गर्ने भक्तजनलाई रामनामी वडाएर सम्मान गर्ने १० हजार देखि २० हजार सम्म दान गर्ने भक्तजनलाई भक्तजनलाई गोल्डेन फ्रेममा सम्मानपत्र सहित रुद्राक्षको माला प्रदान गरी सम्मान , २० हजारदेखि ३५ हजार सम्म दान गर्ने दानवीरलाई सम्मन सहित एकजना व्यक्तिको नाम शिलालेखमा राखिने र ३५ हजारदेखि ५० हजारसम्म दान गर्ने भक्तजनलाई भिआइपी गोल्डेन फ्रेममा सम्मानपत्र सहित दम्पतिको नाम शिलालेखमा राखिने बताइएको छ ।
यसैगरी ५१ हजारदेखि ७५ हजार सम्म दान गर्ने दानवीरलाई ड्रागन फ्रेममा गोल्डेन सम्मानपत्र सहित दम्पति मातापिताको नाम शिलालेखमा राखिनेछ । ७५ हजार देखि १ लाख सम्म दान गर्ने दानवीरलाई भिआइपी मा गोल्डेन सम्मान पत्र सहित तीन पुस्ताको शिलालेख राखिनेछ ।
१ लाखदेखि १ लाख ५० हजार सम्म दान गर्ने भक्तजनलाई स्वस्तिक वाचन बाजागाजा सहित सम्पूर्ण परिवारलाई सत्तलमा दानवीरको फोटो फ्रेममा राखिनेछ । एक लाख ५० हजारदेखि दुई लाख सम्म दान गर्ने भक्तजनलाई समितिले निर्णय गरी आजीवन सदस्यता प्रदान गरी तीन पुस्ताको नाम ताम्रपत्रमा राख्ने, २ लाखभन्दामाथि सहयोग गर्ने दानवीरलाई समितिले निर्णय गरी मानार्थ आजीवन सदस्यता पन्चेबाजा सहित नगर परिक्रमा साथै एकल पुस्ताको नाम ताम्रपत्रमा राखिने कार्यक्रम रहेको मन्दिर व्यबस्थापन समितिले जनाएको छ । स्थानीय अगुवा एवम् जनप्रतिनिधि कृष्ण भुसालले यो महायज्ञको सफलताका लागि सबैको साथ सहयोगको आवश्यकता रहेको बताउनुभयो ।
पत्रकार भेटघाट कार्यक्रम महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश बस्यालको अध्यक्षता र प्रचार प्रचार उपसमिति सहसंयोजक एवम् पत्रकार दयाराज न्यौपानेको संचालनमा भएको थियो ।