Site icon PALPA SAMACHAR

बराङ्दी सिद्धबाबा मन्दिरमा महायज्ञ सुरू

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ८ बराङ्दी घिउसिबास सिद्धबाबा मन्दिरमा श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ सुरु भएकोे छ ।

महायज्ञको औपचारिक शुभारम्भ अघि कलशयात्रा गरिएको थियो । महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटकह, संगितमय भवन कृर्तन प्रस्तुत गर्दै हुनुहुन्छ । कार्यक्रमका प्रमुख अतिथि १००८ स्वामी बिबेकानन्दले यसप्रकारको महायज्ञले सिद्धबाबा धामको प्र्रचारप्रसार धार्मिक पर्यटन प्रवर्धनमा टेवा पु¥याउने बताउनुभयो । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापति एवम् संघीय सांसद ठाकुर गैरे, प्रदेशसभा सदस्य बीर बहादुर राना, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, बगनासकाली गाउँपालिकाका उपाध्यक्ष हरिप्रसाद पाठक लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ महायज्ञको आयोजना गरिएका मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले बताउनुभयो ।

मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता,शव, विष्ण,ु भगवती लगायतका देवी देवताहरूको बासस्थान भएकोले भक्तजनको सेवा सुविधादेखि मन्दिदरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको सिद्धवावा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले बताउनुभयो ।

कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष गणेशप्रसाद बस्यालको अध्यक्षता, मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालको स्वागत र महासचिव जीवलाल बस्यालको संचालनमा कार्यक्रम चलेको थियो । महायज्ञ माघ ९ गतेसम्म चल्ने मुल आयोजक समितिका सचिव सुशिल बस्यालले बताउनुभयो ।

 

Exit mobile version