Site icon PALPA SAMACHAR

घिउसीबास सिद्धबाबा मन्दिरमा महायज्ञ सम्पन्न

बगनासकाली गाउँपालिका–८ बराङ्दी घिउसीबास स्थित सिद्धबाबा मन्दिरमा ९ दिने श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद्भागवत बाचन, देवलिला र संगितमय भजनकीर्तन प्रस्तुत गर्नुभएको थियो । महायज्ञमा धार्मिक भजन नृत्य र सामूहिक आरती जस्ता सांस्कृतिक कार्यक्रमहरूले महोत्सवलाई अझ जीवन्त बनाएको थियो ।
महायज्ञका आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले यस महायज्ञबाट संकलित रकम बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थलको रूपमा विकास कार्यमा खर्च गरिने बताउनुभयो । सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल र नागको विराट मूर्ति निर्माण गर्ने तयारी पनि गरिएको उहाँले बताउनुभयो ।
मुल आयोजक समितिका महासचिव जीवलाल बस्यालले सिद्धबाबा मन्दिरको प्रवर्धन र प्रचारमा यो महायज्ञले ठूलो सहयोग गरेको बताउनुभयो ।

महायज्ञका मुल आयोजकका सचिव सुशिल बस्यालले महायज्ञले सामाजिक एकता र सांस्कृतिक पहिचानको प्रतिकका रूपमा व्याख्या गर्दै यसले क्षेत्रीय पर्यटन प्रवद्र्धनमा योगदान पु¥याएको बताउनुभयो । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष मोहन अर्यालले महायज्ञ सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो ।

Exit mobile version