बगनासकालीको खानीछापमा रास्वपाको भेला तथा समिति गठन

0
542

पाल्पा । राष्ट्रिय स्वतन्त्र पार्टीले बगनासकाली गाउँपालिकाका बिभिन्न वडाहरुमा समिति गठनको कार्यलाई अगाडि बढाएको छ ।

वडा नं. ४ खानीछापमा सम्पन्न पार्टीको भेलाले भागिरथ न्यौपानेको सभापतित्वमा वडा समितिको गठन गरेको छ । जसको सहसचिवमा झमन सिंह रेश्मी, मसहला सदस्यमा मिना देवी न्यौपाने, खुल्ला सदस्यमा प्रेमनारायण न्यौपाने रसदस्यमा जगन्नाथ न्यौपाने रहनुभएको छ ।

पालिका सचिव चिरन्जिवी भट्टराईको अध्यक्षता, योगेन्द्र तिमल्सेनाको सहजिकरणमा पाल्पा जिल्ला सभापति विष्णु भन्डारी, जिल्ला उप– सभापति सुमन गैरे, जिल्ला सचिव नारायण न्यौपाने, यस्तै गरी जिल्ला सदस्य रमेश न्यौपाने ,रैनादेवी गा.पा सदस्य ईश्वर न्यौपाने लगायत ४ नं वडाका बौद्धिक बर्ग, युवा, महिला जेष्ट नागरिकको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पार्टीको अवराधरणा उद्येश्य र समाज निर्माण प्रक्रियामा आम नागरिकको चिन्तन र समग्र युवा नेतृत्वको आवश्यकता रहेको जिल्ला सभापति विष्णु भण्डारीले अवगत गराउनुभएको थियो ।
पार्टी प्रतिको उठेका प्रश्नोत्तरको सहजिकरण जिल्ला उप–सभापति सुमन गैरेले गर्नुभएको थियो । कार्यक्रमको संचालन जिल्ला सदस्य रमेश न्यौपानेले गर्नुभएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here