Site icon PALPA SAMACHAR

प्रेस चौतारी पाल्पाको अधिवेशन माघ २१ गते गर्ने तयारी

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको नवौं अधिवेशन यही माघ २१ गते गर्ने गरी तयारी गरिएको छ ।

प्रेस चौतारी पाल्पाको बैठकले प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन तानसेनमा गर्ने निर्णय गरेको अध्यक्ष कृष्ण कार्कीले बताउनुभयो ।

अध्यक्ष कार्कीले ३ वर्षको कार्यकाल सफलतापूर्वक चलेको र यो अवधिमा सहयोग गर्ने सबैमा धन्यवाद व्यक्त गर्नुभयो । पत्रकारीता क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन संगठनले महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको उहाँको भनाई थियो ।

नेकपा एमाले पाल्पाका उपाध्यक्ष विमल काफ्लेले हरेक संगठन सक्रिय र चलायमान बनाउन सक्रिय र संगठनमा काम गर्ने व्यक्तिहरु नेतृत्वमा आउनुपर्ने बताउनुभयो । पार्टीका उपसचिव तथा प्रचार विभाग प्रमुख दिपक विश्वकर्माले संचार क्षेत्रको व्यवस्थापन सहित पत्रकारहरुलाई पत्रकारिता क्षेत्रमा निरन्तर रहने बनाउने विषय महत्वपूर्ण रहेको बताउनुभयो । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कमलराज तिमिल्सेना, केन्द्रीय सदस्य मिलन विश्वकर्मा, संस्थापक अध्यक्ष केशवराज नेपाल, केन्द्रीय विभाग सदस्यहरु किरण कौशल, नवराज ज्ञवालीले ३ वर्षको अवधिमा चौतारी मार्फत भएका कार्यहरुको प्रशंसा गर्नुभयो ।

अधिवेशनका दिन चौतारीको वर्तमान कार्यसमितिको कार्यकालका गतिबिधि समेटिएको फोटो पुस्तिका सार्वजनिक गरिने चौतारीका सचिवालय सदस्य दयाराज न्यौपानेले बताउनुभयो । तस्बिरः माडी भ्युबाट

Exit mobile version