पाल्पा । तानसेन स्थित पाल्पा आवासीय माविको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बिद्यालयका प्रिन्सिपल गोपाल पिसिले बिद्यालयको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले संस्थागत बिद्यालयमा जिल्लाकै पुरानो बिद्यालयको रुपमा रहेको यस बिद्यालयलाई आगामी दिनमा थप प्रयोगशाला र पुस्तकालयको प्रयोगलाई सुब्यवस्थित गरिने, एक बिद्यार्थी एक ल्यापटप अवधारणको विकास गरिने, इमेल इन्टरनेट सहित सुविधासम्पन्न पुस्तकालयको ब्सयवस्था गरिने, कम्प्युटर तथा होटल म्यानेजमेन्ट प्रयोगशालालाई आधुनिक र सुविधा सम्पन्न बनाइने, बिद्यार्थीहरुलाई अध्ययनका साथै नियमिति अतिरिक्त क्रियाकलापमा सहभागी गराउने लगायतका कार्यक्रम रहेको बताउनुभयो ।
उहाँले यस बिद्यालयका शैक्षिक तथा अतिरिक्ति क्रियाकलाप कार्यक्रमलाई बिद्यार्थी र अभिभावकहरुको चाहना र सुझाव बमोजिम अगाडि बढाउँदै आएको बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई पाल्पाका प्रमुख प्रेमराज खरेलले गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका साथै नैतिक तथा असल बन्ने बनाउने शिक्षा पनि आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्याब्सन पाल्पाका अध्यक्ष डाँसुराम पन्त, वडा नं. ३ का अध्यक्ष बाबुरत्न शाक्य, बिद्यालय सञ्चालक समितिका उपाध्यक्ष एवम् शिक्षासेवी बुद्धिप्रसाद शर्मा, बिद्यालय सञ्चालक समिति सदस्य हुमप्रसाद श्रेष्ठ, पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, समाजसेवी धर्मचन्द्र नेपाल, प्याब्सन बिद्यालयको तर्फबाट गंगा बहादुर खत्री, अभिभावक एवम् पत्रकार यज्ञमूर्ति तिमिल्सिना, बिद्यार्थीहरु दिब्या पाण्डे र बेलिसा तिमिल्सिनाले आआफ्नो मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा बिद्यालयमा ३५ वर्ष सेवा गर्नुभएकी प्रशासन सहायक भवानी शर्मा सहित दीर्घ सेवा गर्नुभएका शिक्षक शिक्षिकाहरुलाई सम्मान गरिएको थियो । उत्कृष्ट बिद्यार्थी, शिक्षक, अभिभावक लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले मौलिक कला संस्कृति समेत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयकी प्रशासन सहायक भवानी शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । बिद्यालय संचालक समितिका अध्यक्ष केदारलाल श्रेष्ठको अध्यक्षता र शिक्षकद्धय क्षितिज नेपाल र सुस्मा श्रेष्ठको संचालनमा कार्यक्रम चलेको थियो ।