• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Sunday, June 1, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

अदुवाबाटै समृद्धितर्फ निस्दी

palpasamachar by palpasamachar
April 1, 2025
in कृषि, शीर्ष समाचार
0
अदुवाबाटै समृद्धितर्फ निस्दी
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । निस्दी गाउँपालिका–५ गल्धाकी ४९ वर्षीया यमीसरा सारूले यस वर्ष २ सय धार्नी अदुवा बिक्री गर्नुभयो । उहाँले बारीमा अदुवा मात्रै हैन गेडागुडी पनि लगाउनुभएको छ । उहाँले अदुवा र गेडागुडी बिक्री गरेर मासिक ३० हजारसम्म आम्दानी लिन सफल भएको बताउनुभयो ।

गाउँमौ रहेको गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थामा लगेर यमीसराले आफ्नो उत्पादन बिक्री गर्नुहुन्छ । आफ्नो उत्पादन बिक्री गर्ने मात्र नभएर यमीसराले सहकारीमा अदुवाको ग्रेडिङ लगायतका काममा पनि दैनिक ज्यालादारीमा काम गर्दै आउनुभएको छ । “अदुवा लगाउने किसानहरु खुशी हुनुहुन्छ । हामीले पनि अदुवा लगाएर राम्रो आम्दानी लिने गरेका छौं ।” यमीसराले भन्नुभयो ।
यो सहकारीले किसानले उत्पादन गरेका अदुवा र सिमीका दाना लगायतका गेडागुडी ग्रेडिङ तथा प्याकेजिङ गरी देश बिदेशमा पठाउँदै आएको छ । यसबाट एकातिर सहकारीको कार्यक्षेत्र फराकिलो हुँदै गएको छ भने अर्कोतिर किसानको उत्पादनले सहज रुपमा बजार पाएको छ ।

स्थानीय ४२ वर्षीया गनिसरा बयम्बु पनि सहरकारीको सदस्यको रुपमा रहनुभएको छ । उहाँले पनि अदुवा उत्पादन गरी बिक्री गर्नुका साथै सहकारीमा ज्यालादारीमा काम समेत गर्दै आउनुभएको छ । उहाँले सहकारी स्थापना भएपनि यस क्षेत्रमा उद्यमशीलता फराकिलो बन्दै गएको उहाँले बताउनुभयो ।

यो सहकारीले बिगत दुई वर्षदेखि अदुवाका सुकाइएका चाना बिदेश निर्यात गर्दै आएको छ । काँचो अदुवा ९ हजार ८ सय केजी युरोप निकासी भएको संस्थाकी ब्यवस्थापक डिलमाया सारुले बताउनुभयो । अहिले सहरकारीको गाडीले किसानको घरघरमा पुगेर अदुवा ल्याउने र सहकारीका ल्याएपछि अदुवाको चाना बनाउने कार्य धमाधम भइरहेको उहाँले बताउनुभयो । दैनिक १५ जना महिलाहरुले अदुवा सफा गर्न, चाना बनाउन, सुकाउने काम गर्दै आएका छन् । त्यस्तै २५ हजार केजी सेतो सिमी ग्रेडिङको पनि काम सकिएको उहाँले बताउनुभयो ।

सहकारीमा आवद्ध भएका २ सय ७२ जना किसानसँग अर्गानिक प्रमाणित गरेर अदुवा खरिद गरी विदेश निकासी गर्ने तयारी गरिएको छ । यो सहकारीले हेफर नेपालको आर्थिक सहयोग, ग्रामीण आर्थिक विकास संघ रेडा पाल्पाको समन्वय र अकिस्टा नेपालको प्राविधिक सहयोग तथा निस्दी गाउँपालिकाको सहयोगमा उक्त अभियान चलाएको ब्यवस्थापक सारुले बताउनुभयो ।
यसवर्ष युरोपबाट आएको माग पूरा गर्न २५ हजार ८१ केजी सेतो र तीन हजार ५९ केजी कालो तथा खैरो गरी २८ हजार १४० केजी सिमी सहकारीले खरिद गरेको व्यवस्थापक सारुले बताउनुभयो । त्यसका लागि कृषि प्राविधिक अकिस्टा नेपाल प्रालिले नै खटाएको उहाँले बताउनुभयो ।

स्थानीय रोजी सुनारीले अदुवा उत्पादन गर्ने किसानहरुका लागि यो सहकारी बरदान सावित भएको बताउनुभयो । उहाँले बाँदर दुम्सीले पनि नखाने र राम्रो उत्पादन गर्न सकिने र बेच्न पनि सजिलो हुने भएकोले किसानहरु यस तर्फ आकर्षित भएको बताउनुभयो ।
सहरकारीले अदुवाको चाना तीन वर्ष अघिबाट युरोप निकासी सुरु गरेको हो । यसवर्ष पनि अकिस्टा नेपालले नसे जातको अदुवाको १० हजार केजी चाना निर्यात गर्ने सम्झौता गरेको छ । यो काँचो अदुवा ६० देखि ६५ हजार केजी हो । सहकारी संस्थाले २०८१ जेठमा ४ हजार ४ सय ६० केजी अदुवाको चाना युरोपका बजारमा पठाएको थियो । संस्थाले दुई वर्षअघि अर्गानिक प्रमाणित गरेर ८ सय ५ किलो अदुवा नमुना परीक्षणका लागि युरोप पठाएको थियो । निकासी गर्ने संस्थाले प्रशोधन घाटा, प्रमाणीकरण, ओभरहेड लगायतमासमेत सहकारीलाई सहयोग गर्ने गरेको छ ।

यो सहकारीले अदुवाको खरिद बिक्री, प्रशोधन तथा बजारीकरण, गेडागुडीको बजारीकरण, खशी बोकाको बजारीकरण, पशु बस्तुको इन्स्योरेन्स लगायतका कार्य गर्दै आएको छ । २०७३ सालमा स्थापना भएको यो सहकारीको अभियानले निस्दीलाई देश बिदेशमा चिनाएको छ ।

यो सहकारी स्थापनादेखि हालसम्म निस्दी गाउँपालिकाले उल्लेख्य सहयोग गर्दै आएको छ । भवन निर्माण, गाडी खरिद तथा तालिम लगायतका कार्यहरुमा गाउँपालिकाको सहयोग रहँदै आएको निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । उहाँले आगामी दिनमा पनि निस्दी गाउँपलिकाको तर्फबाट यो सहकारीका लागि आवश्यकता अनुसारको सहयोग रहने बताउनुभयो ।

Previous Post

बन्दीहरुको राष्ट्रिय परिचयपत्र निर्माण कारागारबाटै

Next Post

फोक्सिङकोटका महिलाले बाजा बजाउने सीप सिके

palpasamachar

palpasamachar

Next Post
फोक्सिङकोटका महिलाले बाजा बजाउने सीप सिके

फोक्सिङकोटका महिलाले बाजा बजाउने सीप सिके

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025

Recent News

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version