• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Saturday, May 31, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

palpasamachar by palpasamachar
April 1, 2025
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । नेपाल राष्ट्रिय शिक्षक संगठन तानसेन नगर समितिले विद्यालयमा पाल्पाली पहिचान ढाकाको कपडालाई प्रयोग गर्न माग गरेको छ । संगठनले तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठ समक्ष मागपत्र पेश गर्दै उक्त माग गरेको हो । “विद्यालयमा पाल्पाली चिनोलाई भित्र्याउन शिक्षक तथा विद्यार्थी पोशाकमा अनिवार्य पाल्पाली ढाकाको टाइ, ढाकाटोपी, सल प्रयोगमा ल्याउनुपर्ने निर्णय गरी आगामी शैक्षिक सत्रबाटै लागू गरियोस् ।”–संगठनले भनेको छ ।
संगठनले ३०बुँदे माग पत्र पेश गर्दै तानसेनको शिक्षालाई नमूना बनाउन भनेको छ मागपत्रमा नगरपालिका भित्रका सरकारी तलबभत्ता खाने सबै खाले कर्मचारी र जनप्रतिनिधिका छोराछोरीलाई आगामी शैक्षिक सत्रबाटै सामुदायिक विद्यालयमा अनिवार्य भर्ना गर्नुपर्ने, निःशुल्क शिक्षा कार्यान्वयनको पहिलो चरणमा मा.वि. तहमा २ वटा धारा र आधारभूत तहमा एक वटा धारा, विजुली र इन्टरनेटको व्यवस्था आगामी बजेटबाटै निःशुल्क रुपमा मिलाउनुपर्ने । शिक्षकको सक्षमता विकासका लागि आइसिटी, पाठ्यक्रम प्रबोधिकरण, प्रश्नपत्र निर्माण र अभ्यास आदानप्रदान जस्ता कार्यक्रम समेट्नुपर्ने, विद्यालय तहका कर्मचारी र बाल सहयोगीका लागि नगरपालिकाद्वारा सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नुपर्ने । तानसेनभित्र उत्पादित अनाजको खाजा निर्माण गरी विद्यालयमा वितरण गर्न मेघा दिवा खाजा कार्यक्रम ल्याउनुपर्ने । एक विद्यालय एक योग, खेलकुद र नर्स शिक्षकको व्यवस्थाका साथै शिक्षककको “प्रविधिमैत्री नमूना कक्षा” कार्यक्रम लागू गर्नुपर्ने छन् ।
त्यस्तै, विद्यालयको नक्साङ्कन गर्न तथा विद्यालय अनुगमन गरी पृष्ठपोषण र सुधार गर्न एक अनुगमन डेस्क तयार गरि परिचालन गर्नुपर्ने । विद्यालयको भौतिक अवस्थाको अनुपातमा विद्यार्थी संख्याको अवस्था समेत विज्ञ टोलीले मूल्याङ्कन गरी विद्यार्थी सिट क्षमता संख्या निर्धारण गर्नुपर्ने । नतिजाको मापदण्ड निर्धारण गरी उक्त आधार पुरा गरेका शिक्षकलाई पुरस्कृत र पुरा नगर्ने शिक्षकलाई पुनःर्बलको कार्यक्रम ल्याउनुपर्ने । मुख्य बजार क्षेत्रको कक्षा ११ र १२ मा एक विद्यालय एक धारको शिक्षा नीति अवलम्वन गर्नुपर्ने । नगरपालिकामा बसोबास गर्दै आएकाहरूका लागि विपन्न लक्षित कार्यक्रम बनाइ विद्यालयसँगको सहकार्यमा नियमित विद्यालय उपस्थित गराउन विद्यार्थी प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्नुपर्ने । प्रत्येक वडाले आफ्नो बजेटबाट विपन्न विद्यार्थीको विद्यालयमा लाग्ने न्यूनतम खर्च व्यहोर्नुपर्ने छ ।
यसैगरी, विद्युतीय हाजिरी मेसिन बेवारिसे अवस्थामा रहेकाले यसलाई पुनः तत्काल सुचारू गर्नुपर्ने । विद्यालयको कक्षाकोठामा नगरगान गाउन र विद्यालयको परिसरमा नगरको झण्डा फहराउने व्यवस्था मिलाउनुपर्ने । राष्ट्रपति रनिङशिल्डको कार्यक्रमलाई हिउँदे बिदा सुरुहुने बेला सञ्चालन गर्नुपर्ने । एसइइ दिएर ३ महिना फाल्तु समय बस्ने विद्यार्थीका लागि उनीहरूको खुबी अनुसारको सीप स्वेच्छिक सिक्न लगाइ ३ महिने सिप सिकेपछि सोको प्रमाणपत्र नगरपालिकामा पेश गरेमा प्रोत्साहन स्वरुप निश्चित रकम प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने लेखिएको छ ।
संगठनले कक्षा ८ आधारभूत तह उत्तीर्ण परीक्षालाई नगरपालिकाले पूर्ण जिम्मा लिइ परीक्षा सञ्चालन, कक्षा ३ र ५ को परीक्षालाई समेत नगरको आधार परीक्षाको रुपमा सञ्चालन, तीनवटै त्रैमासिक तथा वार्षिक परीक्षामा नगरका नीजि तथा सामुदायिक विद्यालयमा एकै प्रकारको प्रश्नपत्र निर्माण गरी लागू गर्नुपर्ने तथा पाठ्यपुस्तकमा एकरुपता ल्याउने व्यवस्था मिलाउनुपर्ने । नगरको शिक्षाको गुणस्तर विकास सम्बन्धी छलफलमा शिक्षकका पेशागत संगठनका प्रतिनिधिलाई समेत सहभागि गराउनुपर्ने । हालको स्थानीय पाठ्यक्रममा कक्षा ५ भन्दा माथि कक्षा ६, ७ र ८ मा वृत्ति मार्गनिर्देशन, नविनतम प्रविधि र व्यवसायिक सिपसँग सम्बन्धित विषयवस्तु तथा कक्षा १ देखि ८ सम्म खुशी पाठ्यक्रम तथा जीवनोपयोगी शिक्षा थप गरियोस् । स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तकको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
विद्यालय सञ्चालनमा निश्चित मापदण्ड बनाउन विज्ञ, अभिभावक, शिक्षक, विद्यार्थी, पेशागत संगठनका प्रतिनिधि र नगर पालिका सहितको टोली बनाइ वृहद छलफल तथा कार्यशाला गरेर नगरस्तरीय विद्यालयको मापदण्ड निर्धारण गर्न र शिक्षालाई नमूना बनाउन गोलमेच सभाको आयोजना गर्नुपर्ने । विद्यालयमा व्यवस्थित विज्ञान प्रयोगशाला, लाइब्रेरी, इ–लाईब्रेरी र सामाजिक प्रयोगशालामा लगानी बढाउनुपर्ने ।
अन्य जिल्ला तथा पालिकाबाट कक्षा ११ र १२ तथा क्याम्पस पढन तानसेन आउने वातावरण तयार गर्न ३.२ जिपिए भन्दा बढी ल्याउनेलाई मासिक एक हजार दिने घोषणा गर्नुपर्ने । शिक्षकलाई अविलम्ब मासिक तलब भुक्तानी गर्नुपर्ने । नगर शिक्षा शाखामा लामो समयदेखि रिक्त रहेको दरबन्दी तत्काल पूरा गरी आवश्यक जनशक्ति थप गर्नुपर्ने । प्रधानाध्यापकको पद पूर्णतया प्रशासनिक पद बनाई विद्यालय सुधारको करारनामा सहित विद्यालयको पूर्ण जिम्मेवारी प्रधानाध्यापकलाई दिनुपर्ने । शिक्षा क्षेत्रमा स–सर्त अनुदान बाहेक यी माथिका कार्य गर्नका लागि कुल बजेटको ३० प्रतिशत बजेट शिक्षा क्षेत्रमा छुट्याउनुपर्ने माग गरेको छ ।
शिक्षक संगठनका अध्यक्ष झविन्द्र देवकोटा र सचिव भवानी पंगेनीद्धारा हस्ताक्षरित मागपत्रमा तानसेन नगरप्रमुखले माग जायज भएकाले क्रमशः पुरा गर्दै जाने बताउनु भयो ।
Previous Post

प्रहरी कार्यालय नै जीर्ण घरमा

Next Post

होमस्टेले फेरिदैं रानीबासको मुहार

palpasamachar

palpasamachar

Next Post
होमस्टेले फेरिदैं रानीबासको मुहार

होमस्टेले फेरिदैं रानीबासको मुहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025

Recent News

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

भगवान गौतम बुद्धको मुर्ति स्थापना गरियो

May 25, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version