Site icon PALPA SAMACHAR

दोस्रो तानसेन महोत्सव सफलतापूर्वक चल्दै

पाल्पा । तानसेनमा जारी दोस्रो तानसेन महोत्सवको तेस्रो दिनसम्म आइपुग्दा महोत्सव सफलतापूर्वक संचालन भइरहेको छ ।
महोत्सवमा दैनिक राष्टिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहँदै आएको छ । महोत्सवमा आमदर्शकहरुको सहभागिता समेत उल्लेख्य रहेको आयोजक संस्था पाल्पा व्यापार संघका अध्यक्ष बिष्णु बहादुर कार्कीले बताउनुभयो ।

तानसेन नगरपालिकाको मुख्य आयोजना र पाल्पा व्यापार संघको आयोजनामा शुक्रबारबाट महोत्सव चल्दै आएको छ । महोत्सव बैशाख ३ गतेसम्म चल्ने पाल्पा व्यापार संघका महासचिव तुलबहादुर अधिकारीले बताउनुभयो । महोत्सवमा फिस टनेल प्रमुख आकर्षणको रुपमा रहेको छ । महोत्सवमा ३ सय बढी स्टल रहेका छन् ।

तेस्रो दिन पनि राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो । महोत्सवको व्यवस्थापन एभरेष्ट इभेन्ट म्यानेजमेन्ट प्रालि चितवनले गरेको छ ।

Exit mobile version