Site icon PALPA SAMACHAR

बगनासकालीका लाभग्राहीको खातामा पुग्यो सामाजिक सुरक्षा भत्ता

पाल्पा/बगनासकाली गाउँपालिकाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । गाउँपालिकाभित्र तेस्रो त्रैमासिकमा गाउँपालिका भित्र सामाजिक सुरक्षा भत्ता खान योग्य ३ हजार १ सय ८७ लाभग्राहीको लागि ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपैंया गाउँपालिकाले लाभग्राहीको नेपाल बैंकमा रहेको खातामा जम्मा गरिदिएको हो ।

जसअन्तर्गत जेष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ९ सय ९५ जनाको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपैंया, जेष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस रुपैंया लाभग्राहीको खातामा जम्मा भएको छ । यस्तैगरी २ सय ५५ जना जेष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय रुपैंया, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपैंया जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ नब्बे रुपैंया र ख वर्ग अपाङ्गता अन्तर्गत १०७ जनाको लागि ६ लाख ७८ हजार २ सय ८६ रुपैंया नेपाल बैंकको लागभ्राहीको खातामा जम्मा भइसकेको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।

गाउँपालिकाभित्र रहेका १८६ दलित बालबालिकाले बालपोषण अन्तर्गत पाउने २ लाख ८६ हजार ८ सय ११ रुपैंया समेत गरी ३ करोड बढी रकम लाभग्राहीको खातामा जम्मा भएको हो । नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवाप्रदान गरिने उद्देश्यले वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । गााउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमापुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायत अन्य शिविर नियमित सञ्चालन गरिएको जानकारी दिनुभयो ।

यसैबीच बगनासकाली गाउँपालिकाले बैंकसम्म पुग्न नसक्ने असक्त लाभग्राहीको लागि बैशाख ८ देखि १६ गते सम्म नेपाल बैंकसँगको सहकार्यमा वडामै पुगेर भत्ता वितरण गर्ने जनाएको छ । गाउँपालिले ५ नम्बर वडा कार्यालय दर्लमडाडाँमा बैशाख ८ गते, ४ नम्बर वडा कार्यालय खानीछापमा बैशाख ९ गते, ३ नम्बर वडा कार्यालय आर्यभञ्ज्याङ्गमा बैशाख १० गते र वडा नम्बर २ पोखराथोकमा बैशाख ११ गते भत्ता वितरण गर्ने तालिका सार्वजनिक गरेको छ । गाउँपालिका अनुसार वडा नं. ८ बराङ्दीको बैशाख १२ गते, ७ नम्बर वडा कार्यालयको बैशाख १४ गते वडा तहमै पुगेर भत्ता वितरण गर्ने तयारी पूरा गरेको एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिनुभयो । वडा नम्बर ६ यम्घाको लागि भने बैशाख १५ गते गुँगा मा.वि. र बैशाख १६ गते सीता मा.वि.मा गरी दुई ठाउँबाट वितरण गरिने एम.आई.एस.फिल्ड सहायक प्रेमबहादुर बगालेले बताउनुभयो ।

योसँगै बगनासकाली गाउँपालिकाले ग र घ वर्गका लाभग्राहीलाई उपलब्ध गराउँदै आएको छ महिनाको निर्वाह भत्ता समेत लाभग्राहीको खातामा जम्मा गरिदिएको छ । गाउँपालिकाले ग वर्गका ८३ र ३ वर्गका ३२ गरी जम्मा ११५ जनालाई एकमुष्ठ ३ लाख १ हजार ६ सय रुपैया नेपाल बैंकमा जम्मा गरिदिएको हो । गाउँपालिकाले ग वर्गका अपाङता भएकाको लागि मासिक ५ सय र घ वर्गका अपाङ्गता भएकाको लागि मासिक ३ सय रुपैंया निर्वाह भत्ता वितरण गर्दै आएको छ ।

 

Exit mobile version