Site icon PALPA SAMACHAR

नेकपा एमाले पाल्पाको प्रचार बिभाग बैठक सम्पन्न

पाल्पा । नेकपा एमाले पाल्पाको प्रचार तथा प्रकाशन विभागको बैठक सम्पन्न भएको छ ।

बैठकले आगामी बैशाख २० गते शनिबार प्रचार प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । एमाले जिल्ला कमिटीका पदाधिकारी, प्रचार विभाग, पालिका कमिटी अध्यक्ष, स्थानीय तहका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, जिल्ला समन्वयका प्रमुख र उपप्रमुख प्रचार प्रशिक्षण कार्यक्रममा सहभागी रहने प्रचार विभाग प्रमुख दीपक विश्वकर्माले बताउनुभयो ।

बैठकले प्रचार डेस्क स्थापना गर्ने निर्णय गरेको छ । प्रचार विभाग उपप्रमुख मिलन विश्वकर्माको संयोजकत्वमा ५ सदस्यीय प्रचार डेस्क समिति गठन गरिएको छ । सदस्यमा रेखिराम राना, कृष्ण पोखरेल, दयाराज न्यौपाने र खेमराज पाण्डे रहनुभएको छ ।
पार्र्टीको वेवसाइट तथा फेसबुक पेज सञ्चालन सञ्चालन गर्ने निर्णय भएको सचिव रेखिराम रानाले बताउनुभयो । त्यस्तै पाल्पाली कम्युनिष्ट आन्दोलनको इतिहास बृतचित्र डिजिटिल सामाग्री निर्माण गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

बैठकले चौतारीबाट नेपाल पत्रकार महासंघ, प्रेस चौतारी लगायतका बिभिन्न पदमा निर्वाचित पत्रकारहरुलाई बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।
बैठकमा प्रमुख अतिथि नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा पाल्पा इन्चार्ज ठाकुर गैरेले अहिले नेपालको राजनीतिलाई अस्थिर बनाएर त्यसबाट लाभ लिन खोज्ने तत्वहरू सक्रिय भएको भन्दै यसको भण्डाफोर गर्नुपर्ने बताउनुभयो । बैठकमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य धनेन्द्रराज घिमिरे, एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तिमगर, सचिव रामजी पोखरेल, लुम्बिनी प्रदेश प्रचार विभाग सदस्य कृष्ण पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version