Site icon PALPA SAMACHAR

वडामै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी

पाल्पा । हरेक त्रैमासिकमा सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नुपर्ने झण्झटिलो प्रक्रियाको अन्त्य गर्दै बगनासकाली गाउँपालिकाले गाउँघरमै पुगेर भत्ता वितरण गर्न थालेको छ । यसबाट लाभग्राहीहरू खुशी भएका छन् ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता पनि गाउँपालिकाले नेपाल बैंक सँगको सहकार्यमा वडावडामै पुगेर बितरण गरिरहेको छ । पालिका भित्रका ३ हजार १ सय ८७ जना लाभग्राहीले वडा कार्यालयबाटै भत्ता बुझ्न पाउनेछन् । तेस्रो त्रैमासिकमा  ३ करोड, १९ लाख, ९८ हजार ९ सय ४५ रुपैंया नेपाल बैंकमा रहेको लाभग्राहीको खातामा जम्मा गरिएको र बैंकसम्म पुग्न नसक्नेहरुलाई गाउँमै पुगेर भत्ता बितरण गरिएको गाउँपालिकाका आइएमएस अपरेटर भोजराज भट्टराइले बताउनुभयो ।
जेष्ठ नागरिक ६८ वर्ष माथिका १ हजार ९ सय ९५ जनाको लागि २ करोड ३६ लाख ८२ हजार २ सय ९४ रुपैंया, जेष्ठ नागरिक दलित १ सय ४४ जनाको लागि ११ लाख ४१ हजार १ सय चालिस रुपैंया लाभग्राहीको खातामा जम्मा गरिसकिएको छ । पालिका भित्रका २ सय ५५ जना जेष्ठ एकल नागरिकको लागि २० लाख ३४ हजार ९ सय रुपैंया, ४ सय ४८ विधवा आर्थिक सहायता अन्तर्गत ३५ लाख ५६ हजार ४ सय २० रुपैंया जम्मा भएको छ । गाउँपालिकाभित्र रहेका पूर्ण अपाङ्गता ५२ जनाको लागि ६ लाख १९ हजार ९४ नब्बे रुपैंया र ख वर्ग अपाङ्गता अन्तर्गत १०७ जनाको लागि ६ लाख ७८ हजार २ सय ८६ रुपैंया नेपाल बैंकको लागभ्राहीको खातामा जम्मा भइसकेको सामाजिक सुरक्षा शाखाले जनाएको छ ।
गाउँपालिकाभित्र रहेका १८६ दलित बालबालिकाले बालपोषण अन्तर्गत पाउने २ लाख ८६ हजार ८ सय ११ रुपैंया समेत गरी ३ करोड बढी रकम लाभग्राहीको खातामा जम्मा भएको हो ।  नागरिकलाई सहज, सरल र सर्वसुलभ सेवाप्रदान गरिने उद्देश्यले वडातहमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण थालिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो । गााउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले गाउँपालिकाले विगतदेखि नै नियमितरूपमा वडा तहमापुगेर सामाजिक सुरक्षा भत्ता वितरण लगायत अन्य शिविर नियमित सञ्चालन गरिएको जानकारी दिनुभयो । गाउँपालिकाले बैशाख ८ गतेदेखि गाउँटोलमै पुगेर भत्ता बितराण् सुरु गरेको हो ।
ग र घ बर्गका अपाङ्गता भएका ब्यक्तिलाई पनि भत्ता
बगनासकाली गाउँपालिकाले लोककल्याणकारी कार्यक्रम अन्तरगत अघिल्लो वर्षबाट ग र घ वर्गका लाभग्राहीलाई उपलब्ध गराउँदै आएको छ ।
उनीहरुले पनि ६ महिनाको निर्वाह भत्ता गाउँमै पुगेको टोली मार्फत बुझेका छन् । गाउँपालिकाले ग वर्गका ८३ र ३ वर्गका ३२ गरी जम्मा ११५ जनालाई एकमुष्ठ ३ लाख १ हजार ६ सय रुपैया नेपाल बैंकमा जम्मा गरिदिएको हो । गाउँपालिकाले ग वर्गका अपाङता भएकाको लागि मासिक ५ सय र घ वर्गका अपाङ्गता भएकाको लागि मासिक ३ सय रुपैंया निर्वाह भत्ता वितरण गर्दै आएको छ ।
यज्ञमूर्ति तिमिल्सिना
Exit mobile version