Site icon PALPA SAMACHAR

शिक्षक आन्दोलनले सामुदायिक बिद्यालयमा शैक्षिक कार्यक्रम ठप्प

पाल्पा । शिक्षकहरूको आन्दोलनका कारण पाल्पामा सामुदायिक बिद्यालयको भर्ना अभियान प्रभावित भएको छ ।

जिल्लामा रहेका संस्थागत बिद्यालयहरुमा बैशाख ३ गतेबाटै पठनपाठन सुरू भइसकेको छ भने सामुदायिक बिद्यालयहरू भने आन्दोलनका कारण बन्द अवस्थामा छ । सामुदायिक बिद्यालयहरुमा अहिले धमाधम हुनुपर्ने भर्ना अभियान हुन सकेको छैन । जिल्लाका कतिपय सामुदायिक बिद्यालयहरुले बिज्ञप्ति नै जारी गरी पठन पाठन तथा भर्ना अभियान स्थगित गरिएको जनाएका छन् ।

सरकारले वैशाख २ देखि सामुदायिक विद्यालयमा विद्यार्र्थी भर्ना अभियानको तयारी गरे पनि शिक्षक आन्दोलन केन्द्रित हुँदा भर्ना अभियान प्रभावित बनेको हो । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक महासंघको नेतृत्वमा गत चैत २० देखि शिक्षकले सडक आन्दोलन गरिरहेका छन् ।

पाल्पामा रहेका शिक्षक सम्बद्ध संघसंगठनका प्रमुखहरुले हस्ताक्षर गरी प्रेस बिज्ञप्ति जारी गद प्रदर्शनमा सहभागी हुन सम्पूर्ण शिक्षकलाई आह्वान गरेका छन् ।

Exit mobile version