राजकुमार आले । पाल्पा
पूर्वखोला गाउँपालिका–१ सिलुवाका खेम बहादुर हिस्की मगरले बाख्रापालनबाट मनग्ये आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले सुरुवाती समयमा ५÷६ वटा माउबाट बाख्राको व्यवसाय सुरू गर्नुभएको थियो । पूर्वखोला गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा समाज उत्थान सहयोग केन्द्रको सहजीकरणमा सञ्चालित हाल पुर्वखोला कृषि तथा पशु विकास परियोजनामा आवद्ध हिस्कीले राम्रो गरी बाख्रापालन व्यवसायलाई अगाडि बढाउनुभएको छ । उहाँले २०७६÷०७७ सालमा फर्म दर्ता गरी ब्यवसायिक रुपमा बाख्रापालन सुरू गर्नुभएको हो । उहसँसँग अहिले १ सय वटा बाख्रा छन् ।
माउहरुले वार्षिक रुपमा मलाई ४५÷५० वटा जति खशी बोका उत्पादनमा सहयोग पु¥याएको छ । यसबाट झण्डै मलाई वार्षिक ७ लाख आम्दानी गराएको छ उहाँले भन्नुभयो । स्थानीय मनकामना सामाजिक उद्यमी महिला सहकारीले बाख्रा खरिद गरे पछि गाउँ घरमै भने जस्तो मूल्य पाएपछि आफुलाई बाख्राको बजारीकरणमा कुनै समस्या नभएको उहाँले बताउनुभयो ।
उहाँले बाख्रापालनको आम्दानीबाट छोराछोरी पढाउने र घरखर्च चलाउने गर्नुभएको छ । २ छोरी र १ छोरालाई भवानी मावि कुसुमखोलामा पढाई हुने विद्यालयमा सांकेतिक भाषमा र १ वटी छोरी पूर्वखोला उद्बुद्ध कलेजमा शिक्षाशास्त्र तर्फ स्नातकसम्म पढाउनुभएको छ ।
परिवारको चाहना र खुशिको लागि केही गरगहना र राम्रो ठाउँमा घुमघाम र भ्रमण समेत गराएको कृषक हिस्कीको भनाई थियो । उहाँले बाख्रापालनकै आम्दानीबाट स्थानीय सहकारीमा केही रकम जम्मा गर्न सफल भएको समेत बताउनुभयो । बाख्राको रेखदेख र दाना पानी साथै चराउन लैजान पनि परिवारले सघाएको भन्दै उहाँले परिवारको सहयोग बिना कुनै पनि व्यवसाय फस्टाउन सक्दैन भन्नुभयो ।
सिलुवाको सबै वडाहरुमा पशु उपचारमा समेत उहाँले सहयोग पु¥याउदै आउनुभएको छ । पशु विरामी भए पछि जो कसैले बोलाए पछि तुरुन्त पुग्ने कृषक हिस्कीले भने यस सेवाबाट मसिक रुपमा करिब १५ हजार रुपैयाँ आम्दानी गर्नुहुन्छ । आफ्नो बाख्रापालन ब्यवसाय, पशुसेवा सँगै बिभिन्न सामाजिक कार्यहरुमा समेत हिस्की सहभागी हुनुहुन्छ ।
अझ भन्ने हो भने यो सामाजिक सेवाले उहाँलाई आफ्नो पहिचान बनाउनमा समेत सहयोग पु¥याएको छ । बाख्रापालन व्यवासाय र सामाजिक सेवामा समर्पित हिस्कीले समाजमा युवाहरुलाई व्यवसायी उद्यमी बन्न प्रेरित गर्दै आउनुभएको छ । उहाँले आफुले भोगेका अनुभवहरुलाई सुनाउदै बाख्रा कुखुरा, बंगुर र तरकारी जस्ता व्यवसाय गर्न सबैलाई आयआर्जन तर्फ लाग्न स्थानीय युवाहरुलाई समेत प्ररेणा दिदै आउनुभएको छ ।