• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

नेत्रज्योति संघको २४ औं साधारणसभा सम्पन्न

palpasamachar by palpasamachar
April 29, 2025
in शीर्ष समाचार
0
नेत्रज्योति संघको २४ औं साधारणसभा सम्पन्न
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । नेपाल नेत्रज्योति संघ पाल्पाको २४ औं साधारणसभा तानसेनमा सम्पन्न भएको छ । सभामा प्रमुख अतिथि नेपाल नेत्रज्योति संघ लुम्बिनी प्रदेशका उपसभापति शेर बहादुर थापाले नीजि क्षेत्रबाट संचालित आँखा अस्पतालमा नेपाल सरकारको सहयोग न्युन रहेको बताउनुभयो ।
उहाँले वर्तमान समयमा आँखा जाँच गर्ने डाक्टरको अभाव रहेकोे पाल्पा, गुल्मी र अर्घाखाँची जिल्ला मिलेर समस्या समाधान गर्न लागि परेको बताउँदै लुम्बिनी प्रदेशको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाका सभापति बाबुराम कार्की, कालीगण्डकी आँखा उपचार केन्द्र तथा सर्जिकल सेन्टरका सदस्य भोजेन्द्र प्रकाश ढकाल, केशलक्ष्मी श्रेष्ठ लगायतले आ–आफ्नो धारणा राख्नुभयो ।
साधारणसभामा संघका भुतपुर्व सचिव स्वर्र्गीय लोकप्रसाद ढकालको स्मृतिमा उहाँको श्रीमती शारदा ढकालले कोठा निर्माणका लागि रु ३ लाख ५ हजार प्रदान गर्नुभएकोमा सम्मान गरिएको थियो । आमन्त्रित सदस्य केशलक्ष्मी श्रेष्ठले आफ्नो स्वर्गीय आमा बुबाको स्मृतिमा रु ३० हजार र भवन निर्माणको लागि प्रेम बुढाले रु २५ हजार सभापति बुद्धिप्रसाद शर्मालाई हस्तान्तरण गर्नुभएको थियो । सभामा संघका सचिव राजेन्द्र लिगलले बार्षिक प्रतिवेदन, र कोषाध्यक्ष बेदराम शिरिषले आँखा अस्पतालको ४ करोड ४३ लाख र नेत्रज्योति संघ तर्फबाट १६ लाख १५ हजार बराबरको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
बन्द सत्रले सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षबाट प्रस्तुत भएको प्रतिवेदन सुझाव सहित पास गरेको थियो । कार्यक्रम संघका सभापति बुद्धि प्रसाद शर्माको सभापतित्व, उपसभापति भिमसेन कार्कीको स्वागत र सचिव राजेन्द्र लिगलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Post

बाख्रापालनमा रमाउँदै सिलुवाका खेम बहादुर

Next Post

कालीगण्डकी डाइभर्सन हुन दिंदैनौंः थापा

palpasamachar

palpasamachar

Next Post
कालीगण्डकी डाइभर्सन हुन दिंदैनौंः थापा

कालीगण्डकी डाइभर्सन हुन दिंदैनौंः थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

बगनासकालीमा अभिभावक बिहीन बालबालिकालाई शैक्षिक प्रोत्साहन भत्ता वितरण

May 9, 2025
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version