Site icon PALPA SAMACHAR

प्रेस चौतारी पाल्पाबाट ५ जना सञ्चार श्रमिक सम्मानित

पाल्पा । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा प्रेस चौतारी नेपाल पाल्पा शाखाले जिल्लामा रहेका ५ जना सञ्चार श्रमिकलाई सम्मान गरेको छ ।

लामो समय कम्प्युटर डिजाइनमा कार्यरत सूर्य बहादुर थापा, पत्रिका बितरक राजेश शाही, टेलिभिजन पत्रकार मान बहादुर भुजेल, कम्प्युटर अपरेटर सिर्जना बोहोरा र रेडियो प्राविधिक निरञ्जन पौडेललाई तानसेनमा एक कार्यक्रमका बीच सम्मान गरिएको हो ।
कार्यक्रममा सम्मानित पत्रकार मान बहादुर भुजेलले चौतारीले श्रमिक दिवसको अवसरमा आफू लगायत साथीहरुलाई सम्मान गरेकोमा धन्यवाद ब्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले पाल्पा अध्यक्ष ओम बहादुर घर्ति, प्रेस चौतारीका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष कमलराज तिमिल्सेना, एमाले पाल्पाका प्रचार विभाग सचिव रेखीराम राना, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्याल, प्रेस चौतारीका अनुशासन आयोगका पुर्व केन्द्रीय उपाध्यक्ष भगवान भण्डारी लगायतले आआफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पा शाखा अध्यक्ष कृष्ण कार्कीकोअध्यक्षता, उपाध्यक्ष शोभाकान्त पाठकको स्वागत र सचिव दयाराज न्यौपानेको सञ्चालनमा चलेको थियो ।

Exit mobile version