Site icon PALPA SAMACHAR

पाल्पाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण

पाल्पा । नेपाल पत्रकार महासंघको ७० औं स्थापना दिवसको सन्दर्भमा पाल्पाका पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाको आयोजना र स्वास्थ्य कार्यालय पाल्पाको प्राविधिक सहयोगमा गरिएको स्वास्थ्य परीक्षणमा जिल्लामा क्रियाशील पत्रकारहरु सहभागी भएका थिए ।

स्वास्थ्य कार्यालय पाल्पाका ल्याव अधिकृत मधुसुधन भट्टराई, वरिष्ठ हेक्टर कन्ट्रल निरीक्षक उदयचन्द्र चौरासीया, पब्लिक हेल्थ नर्स शान्ति भण्डारी र टिकाराम भाटको समूह पत्रकारहरुको स्वास्थ्य परीक्षण कार्यमा खटिएको थियो । शिविरको समापन कार्यक्रममा पत्रकार महासंघ पाल्पाका संस्थापक अध्यक्ष मेघराज शर्माले यसप्रकारको रचनात्मक कार्यको लागि महासंघलाई धन्यवाद दिनुभयो ।

शाखा अध्यक्ष कमलराज तिमिल्सेनाले महासंघको स्थापना दिवसको अवसरमा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रम शाखा सचिव रामचन्द्र रायमाझीको संचालनमा चलेको थियो ।

Exit mobile version