• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 9, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

तीन दिने प्राज्ञिक लेखन कार्यशाला सम्पन्न

palpasamachar by palpasamachar
May 3, 2025
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
तीन दिने प्राज्ञिक लेखन कार्यशाला सम्पन्न
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

गोपाल प्रसाद वश्याल । पाल्पा
विश्वविद्यालय अनुसन्धान आयोगको सहयोग र अनुसन्धान ब्यवस्थापन समिति, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाको आयोजनामा सञ्चालित तीन दिने प्राज्ञिक लेखन कार्यशाला आज सम्पन्न भएको छ ।

त्रिभुवन क्याम्पससहित पाल्पा जिल्लाका विभिन्न नौवटा क्याम्पसबाट ६८ जना प्राध्यापकहरू सहभागी यस कार्यशालामा त्रिभुवन विश्वविद्यालयका सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपानेले अनुसन्धान पत्र लेखनको ढाँचा, विषयवस्तु स्रोत संकलन र अभिलेखीकरण पद्धति, र अनुसन्धान प्रस्तावनापत्र लेखन विषयक तीनवटा कार्यपत्रहरू, त्रिभुवन क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले सिर्जनात्मक र प्राज्ञिक लेखनको तुलनात्मक विश्लेषण, त्रिभुवन विश्वविद्यालय, ब्यवस्थापन संकायका पूर्व डिन दिनेशमणि घिमिरेले अनुसन्धानात्मक प्रस्तावना लेखनको अभ्यास, अनुसन्धान ब्यवस्थापन समितिका संयोजक डा. शंकर प्रसाद गैरेले लेखन र प्रकाशन, तथा प्राज्ञिक लेखनका प्रक्रियाहरू विषयक दुईवटा कार्यपत्रहरू, सहायक क्याम्पस प्रमुख सन्तोष खनालले पुस्तक समिक्षा, डा. पित बहादुर नेपालीले वैज्ञानिक लेखन, डा. लक्ष्मी सापकोटाले मात्रात्मक अनुसन्धानमा तथ्याङ्क विश्लेषण, कृष्ण बहादुर जि सि ले गुणात्मक अनुसन्धान विधि र साधनहरू र गोपाल प्रसाद वश्यालले प्राज्ञिक लेखनका प्रक्रिया र रणनीतिहरू विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा डा. न्यौपानेले विश्वविद्यालय अनुसन्धान आयोगले सहयोग गर्ने अनुसन्धान कार्यका लागि प्रस्तावना लेखनसम्बन्धि जानकारी गराउनु भएको थियो । अनुसन्धान र प्राज्ञिक लेखनका यी विविध पक्षमा केन्द्रित रहेर सञ्चालित कार्यशालामा पूर्व प्रकाशित कार्यहरूको समिक्षात्मक विश्लेषण, अनुसन्धान तथा लेखनका विभिन्न चरणहरू, आवश्यक भाषिक, विषयवस्तु र संरचनागत पद्धतिमा प्रस्तुति, छलफल, कक्षाकार्य, समीक्षा, पुनरावलोन, बैयक्तिक एवम् समूह कार्य लगायतका तरिकाहरू अपनाई सञ्चालित कार्यशालाबाट सहभागीहरूले प्राज्ञिक अनुसन्धान तथा लेखनका आधारभूत सिप विकास गर्न सकेका छन् ।

कार्यशालाको सुरू र अन्त्यमा सञ्चालित संक्षिप्त उद्घाटन तथा समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथि त्रिभुवन क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टंक प्रसाद पन्थले प्राध्यापकहरू कक्षाशिक्षण कार्यका साथै प्राज्ञिक उन्नयनका लागि अनुसन्धान कार्यमा लाग्नुपर्ने र अनुसन्धानले कक्षा शिक्षण सिकाइ प्रक्रियामा समेत योगदान गरी विद्यार्थीका सिकाइ उपलब्धिलाई सकारात्मक योगदान गर्नुपर्ने आावश्यकता भएको औंल्याउनु भयो । त्यस्तै पूर्व क्याम्पस प्रमुख टंक भट्टराई, सहपरीक्षा नियन्त्रक डा. रामनाथ न्यौपाने, प्राध्यापक संघका सभापति खिम बहादुर राना, कर्मचारी संघका सभापति डुकुल ढकाल, स्वतन्त्र विद्यार्थी युनियनका सभापति मिलन घर्ती लगायतले प्राध्यापकको प्राज्ञिक विकासका लागि तालिम कार्यशाला फलदायी हुने भएकोले क्याम्पसले समयसमयमा यस्ता कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

अनुसन्धान ब्यवस्थापन समितिका अध्यक्ष डा. शंकर प्रसाद गैरेको अध्यक्षता र सदस्य डा. पित बहादुर नेपालीको सञ्चालनमा चलेको समापन कार्यक्रममा प्रशिक्षक सहजकर्ताहरू र सहभागी प्रशिक्षार्थीहरूलाई प्रमुख अतिथि डा. पन्थले प्रमाणपत्र वितरण गर्नुभयो । समापन सत्रमा सहभागीहरूका तर्फबाट बोल्दै उपप्राध्यापक मिना ढकाल र तानसेन बहुमुखी क्याम्पसका चन्द्रकान्त न्यौपानेले अनुसन्धान र प्राज्ञिक लेखनमा कार्यशालाले दिएको महत्वपूर्ण ज्ञानले यसप्रकारका प्राज्ञिक कार्य गर्नका लागि थप उर्जा मिलेको बताउनुभयो । समितिका सदस्य केशव घिमिरेले सबैलाई धन्यवाद दिनुभयो ।

Previous Post

माथागढीमा विकास योजनाका काम धमाधम हुँदै

Next Post

आगलागी नियन्त्रण पुर्व अभ्यास रामपुरमा सम्पन्न

palpasamachar

palpasamachar

Next Post
आगलागी नियन्त्रण पुर्व अभ्यास रामपुरमा सम्पन्न

आगलागी नियन्त्रण पुर्व अभ्यास रामपुरमा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क,  पर्यटक र सर्वसाधारण हैरान

पाइलै पिच्छे पार्किङ र प्रवेश शुल्क, पर्यटक र सर्वसाधारण हैरान

May 7, 2025
यान्त्रिकरणमा तिनाउको बिशेष जोड

यान्त्रिकरणमा तिनाउको बिशेष जोड

May 6, 2025
पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

पत्रकारहरूका लागि क्षमता विकास तालिम संचालन

May 6, 2025
मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

मौरी, बाख्रा र अदुवा मार्फत महिलाहरुलाई उद्यमशील बनाउँदै बगनासकाली

May 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version