Site icon PALPA SAMACHAR

आगलागी नियन्त्रण पुर्व अभ्यास रामपुरमा सम्पन्न

सृजना घिमिरे । (रामपुर)पाल्पा
वनमा लागेको आगो कसरी नियन्त्रण गर्ने भन्ने सन्दर्भमा पूर्व तयारी तथा सामाग्री हस्तान्तरण कार्यक्रम रामपुरमा भएको छ ।
जलवायु उत्थानशिल समुदाय र पारिस्थितीकिय प्रणाली स्थापनाका लागी कृषक पाठशालाका अवसरमा आगोलागी नियन्त्रणको ज्ञानसिप सिकाइएको हो । कार्यक्रममा मुख्यपाहुना सामुदायिक वन महासंघ जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वनको नियमावली, महासंघको पहलमा भएको कृषक पाठशाला, वनमा डढेलो लाग्न नदिने उपाय, डढेलो लागी हालेमा नियन्त्रण गर्ने उपायबारे जानकारी गराउनुभएको थियो ।

उहाँले वनमा डढेलो नियन्त्रणका लागी संचारमाध्यम र विषेश गरी रेडियोको भुमिका महत्वपूर्ण रहने बताउनुभएको छ । उहाँले अग्नि नियन्त्रणका लागी आवश्यक सामाग्रीहरु हस्तान्तरण गर्दै आगोलागी भै हाले कस्ता खालका कपडा लगाउने, कसरी सुरक्षित रहेर आगो नियन्त्रण गर्न सकिन्छ भन्नेबारे जानकारी गराउनुभएको थियो । रामपुर ५ बेझाडमा रहेको राम्चे सामुदायिक वन उपभोक्ता समिती अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ रामपुरका अध्यक्ष विन्दु श्रेष्ठले डढेलो नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखा उपाध्यक्ष बन्दना पोख्रेलले आगोलागी कसरी हुन्छ र कसरी सुरक्षित रहन सकिन्छ भन्ने बारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा सामुदायिक रेडियो रामपुरका निमित्त स्टेशन प्रवन्धक सिर्जना घिमिरेले आगो लाग्न नदिने उपाय, अग्नि नियन्त्रणका उपायबारे जानकारी दिदै आगोलागी भएको समयमा रेडियोले खेल्न सक्ने भुमिकाको बारेमा बताउनुभएको थियो । कार्यक्रमकै अवसरमा अग्नि नियन्त्रणको समयमा प्रयोग गरिने हेल्मेट,पन्जा, बेल्चा, छालाको बुट, मास्क,ट्«याकसुट,औषधी सहितको बक्स पानी बोक्ने व्याग तथा पम्प हस्तान्तरण गरिएको थियो ।

महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, महासंघका नगर अध्यक्ष विन्दु श्रेष्ठले वन उपभोक्ता समितीका अध्यक्ष विष्णुप्रसाद बस्याललाई सामाग्री हस्तान्तरण गर्नुभएको हो । बैशाख ७ गतेदेखी शुरु भएको पाठशाला जेठ ३१ गतेसम्म चल्नेछ । कार्यक्रममा राम्चे सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारी तथा उपभोक्ता गरी २० जनाको सहभागी हुनुभएको छ । राम्चे सामुदायिक वनको कार्यालयमा भएको कार्यक्रमको संचालन उपभोक्ता समिती सह सचिव तथा तालिम उपसमिति सचिव जितबहादुर थापाले गर्नुभएको हो ।
तालिममा प्रत्येक दिन महासंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, र महासंघ रामपुरका अध्यक्ष विन्दु श्रेष्ठले जलबायु परिवर्तन, बन उपभोक्ताको लागी तयार भएको विधान तथा कार्य योजना , दिगो वन व्यवस्थापन लगायत विविध विषयमा सहजीकरण गरिरहनुभएको छ ।

Exit mobile version