• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

palpasamachar by palpasamachar
May 13, 2025
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
पाल्पा । निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर बगनासकाली गाउँपालिकाभित्र रहेका वडातहका स्वास्थ्य संस्थामा सञ्चालन गरिएको छ । बगनासकाली गाउँपालिकाको आयोजनामा गाउँपालिकाभित्रका सवै वडालाई लक्षित गरि शिविर सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।
आज मंगलबार वडा नं. २ पोखराथोकमा शिविर सञ्चालन गरिएको थियो । शिविरमा महिला तथा प्रसुती रोग सम्बन्धी परीक्षण, उपचार तथा परामर्श, पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ, थर्मोफोल्यासन, लामो अवधिको परिवार नियोजन सेवा, आङ खस्ने समस्याको परीक्षण, उपचार र परामर्श, निःशुल्क औषधी वितरण लगायतको सेवा प्रदान गरिएको छ । परिवार नियोजन संघ पाल्पा शाखाको सहयोग, वडाहरूमा रहेका स्वास्थ्य चौकीको समन्वयमा कार्यक्रम सञ्चालन भएको गाउँपालिकाले जनाएको छ ।
बैशाख २१ गतेदेखि सञ्चालन भएको शिविरबाट गाउँपालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाहरूबाट ३ सय बढी सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन् । बैशाख २१ देखि ३० गतेसम्मको शिविरबाट ९ जनामा क्यान्सरको लक्षण देखिएकोमा ७ जनालाई थर्मोफोल्यसन सर्भिस दिइएको, ३ जना क्यान्सरका विरामीलाई रिफर गरिएको, ५ जनामा आङ खस्ने समस्या देखिएको, १० जनाले लामो समय सम्मको परिवार नियोजन सेवा लिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले जानकारी दिनुभयो ।
शिविर उद्घाटन कार्यक्रम गाउँपालिकाका अध्यक्ष सरस्वती दर्लामी चिदीको प्रमुख आतिथ्यतामा भएको थियो । उहाँले शिविरको उद्घाटन गर्दै सेवाग्राहीहरूलाई वडाबाट सहजै र गुणस्तरीयरूपमा परिवार योजना सेवाबारे जानकारी, परामर्शसहितस्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकाले वडातहमा उपलब्ध गराइने सेवाको भरपुर उपभोग गर्न अनुरोध गर्नुभयो । उहाँले वडातहमा आवश्यकता पहिचानगरी नियमित शिविर सञ्चालनबाट परिवार योजना, प्रजनन् रुग्णताको सेवा उपलब्धतालाई सुनिश्चितता गर्दै जाने जानकारी दिनुभयो ।
उद्घाटन कार्यक्रम वडा नं. ८ का वडा अध्यक्ष मोतीलाल बस्याल अध्यक्षता बराङ्दी स्वास्थ्य चौकी इन्चार्ज गोम बहादुर क्षेत्रीको स्वागत र स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको सञ्चालनमा भएको थियो । शिविरको बैशाख ३१ गते बुधबार समापन हुने स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बगनासकाली गाउँपालिका वडा नं. ६ मा रहेको दर्पुक सामुदायिक स्वास्थ्य इकाई र वडा नं. १ मा रहेको चिर्तुङ्गधारा स्वास्थ्य इकाईमा भने स्वास्थ्य कार्यालयको समन्वयमा शिविर सञ्चालन हुनेछ । यसअघि गाउँपालिकाले सवै वडाहरूमा पुगेर निःशुल्क आँखा परीक्षण, योजना सम्झौता, उपभोक्ता तालिम, सामाजिक सुरक्षा भत्ता वितरण लगायतका सेवा उपलब्ध गराएको गाउँपालिकाका एम.आई.एस. भोजराज भट्टराईले जानकारी दिनुभयो । बगनासकाली गाउँपालिकाले नागरिकको सहज र सर्वसुलभ सेवा प्रदान गर्ने उद्देश्यले अन्य विभिन्न शाखाबाट प्रदान हुने सेवालाई समेत वडातहमै पुगेर उपलब्ध गराउँदै आएको छ ।
Previous Post

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

Next Post

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

palpasamachar

palpasamachar

Next Post
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version