पाल्पा । गाउँमा पहिलोपटक जीप पुगेपछि माथागढी गाउपालिका–८ बहादुरपुर माथिल्लो बेतेनी गाउँका नागरिकहरू खुशी भएका
छन् ।
छन् ।
बाघमारा बेतेनी मोटरबाटो उपभोक्ता समितिले चालु आर्थिक बर्ष २०८१/०८२ का लागि माथागढी गाउँपालिकाले बिनियोजन गरेको रु १० लाख बजेटबाट गाउँमा बाटो पु¥याएको हो । यहाँ कच्ची मोटरबाटो निर्माण कार्य सम्पन्न भएपश्चात गत सातादेखि जीप चल्न थालेको छ । वर्षौको प्रतिक्षापछि गाउँमा जीप पुगेपछि स्थानीयले आपसमा खुशीयाली साटेका छन् ।
यसरी गाउँमा जीप पुगेपछि स्थानीय धेरै खुशी भएका छन् । बजार जान आउन समस्या थियो । आवश्यक अन्नपात किनेर डोकोमा बोकेर ल्याउनुपर्ने अवस्था थियो, बिरामीलाई एम्बुलेन्ससम्म लैजान निकै अप्ठेरो थियो । अहिले धेरै सजिलो भएको छ । मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष नारायण सिं ठाडाले भन्नुभयो ।
यो गाउँमा बाटो लैजानका लागि अघिल्लो वर्षबाटै काम सुरू भएपनि योजना पूरा हुन सकेको थिएन । यस वर्ष ७ सय ४० मिटर बाटो खन्ने काम सम्पन्न भएपछि यो गाउँमा जीप पुगेको हो । यो मोटरबाटो निर्मांणका लागि आर्थिक वर्ष २०७९।०८० मा माथागढी गाउँपालिकाबाट रु १० लाख, २०८०।०८१ मा माथागढी गाउँपालिकाबाट १० लाख र प्रदेश सरकारबाट १० लाख बिनियोजन भई काम भएको थियो । त्यस्तै चालु आर्थिक वर्षमा यो बाटोका लागि माथागढी गाउँपालिकाले १० लाख रुपैयाँ बिनियोजन गरी काम गरेको गाउँपालिका अध्यक्ष यम चिदीले बताउनुभयो । बाँकी काम यो वर्ष सम्पन्न भएपछि जीप ल्याउन लैजान सम्भव भएको अध्यक्ष ठाडाले बताउनुभयो ।
यो बेतेनी गाउँमा १५ घर परिवारको बसोवास रहेको छ । कतिपय अवस्थामा बिरामीलाई अस्पताल ल्याउन लैजान डोको र स्टेचरको भर पर्नुपर्ने अवस्था थियो । गाउँमा युवाशक्ति नहुदा स्टेचरमा ल्याउन लैजान पनि समस्या थियो । अव धेरै सजिलो भने उहाँले भन्नुभयो । गाउमा बाटो पुगेपछि स्थानीय किसानले उत्पादन गरेको कृषि उपजहरू बिक्रीका लागि लैजान पनि सहज भएको उहाँको भनाई छ ।
गाउँमा जीप ल्याउने बर्षौदेखिको सपना हो । एकातिर अप्ठेरो भुभाग र अर्कोतर्फ पर्याप्त बजेट नहुदा भनेजस्तो हुन सकेको थिएन । अहिले गाउँपालिकाले बिशेष जोड दिएर बजेट बिनियोजन गरेपछि हाम्रो सपना पूरा भएको छ । यसका लागि माथागढी गाउपालिकाले धेरै धेरै धन्यवाद दिन चाहन्छौं । उहाले भन्नुभयो ।
२०८१ माघ ३ गते माथागढी गाउँपालिकामा सम्झौता गरी यो मोटरबाटो निर्माण कार्यको प्रारम्भ गरिएको थियो । त्यस्तै २०८२ बैशाख २ गते बाटो निर्माण कार्य सम्पन्न भई गाउँमा जीप पुगेको हो । यो योजनाको कुल लागत ११ लाख ११ हजार १ सय ७९ रुपैयाँ ९५ पैसा रहेको थियो । यसका लागि माथागढी गाउँपालिकाबाट १० रुपैयाँ बिनियोजन गरिएको थियो । स्थानीय उपभोक्ताको तर्फबाट जनश्रमदान १ लाख ११ हजार १ सय ७९ रुपैयाँ ९५ पैसा रहेको थियो । त्यस्तै मर्मत सम्भार कर कट्टी २५ हजार गरी उपभोक्ताले खुद पाउने ९ लाख ७५ हजार रुपैयाँबाट डोजर लगाई बाटो निर्माण गरिएको हो ।
माथागढी गाउँपालिकाले विकास योजनाका कामहरुलाई आवश्यकताका आधारमा प्राथमिकीकरण गर्दै अगाडि बढाएको गाउँपालिकाका प्रवक्ता एवम् भौतिक पुर्वाधार समितिका संयोजक शंकर दर्लामीले बताउनुभयो । अव यहाँ मोटर आउने अवस्था भएपछि अव स्थानीय नागरिकलाई दुःख सुखका बेला धेरै सहज हुने दर्लामीले बताउनुभयो । माथागढीको कतिपय भुगोल अप्ठ्यारो र ढुंगे पहाड फोरेर बाटो लैजानुपर्ने अवस्था रहेकोमा बेतेनी गाउँमा पनि पहाड फोरेर बाटो ल्याउन सफल भएको उहाँले बताउनुभयो । वर्षौदेखि यहाँका नागरिकको गाउबाट गाडी चढ्ने सपना पूरा भएको छ । प्रवक्ता दर्लामीले भन्नुभयो ।
गत शनिवार उक्त मोटरबाटोको एक कार्यक्रमका बीच उद्घाटन गर्नुहुदै माथागढी गाउपालिका अध्यक्ष चिदीले गाउपालिकाले यस ठाउमा बाटो ल्याई गाडी चल्ने बनाउनका लागि बजेट तथा कार्यक्रममा बिशेष प्राथमिकता दिएको बताउनुभयो । उहाले गाउपालिकाले ग्रामीण विकासका सम्भावना र विकास आयोजनाको आवश्यकताको आधारमा बजेट बिनियोजन गर्ने गरेको बताउनुभयो । उहाँले अव गाउमा जीप चल्ने भएपछि अन्नपात ल्याउन लैजान, बिरामी लैजान तथा अन्य सुखदुःखका कार्यहरुमा यात्रा गर्नका लागि पनि धेरै सजिलो हुने बिश्वास ब्यक्त गर्नुभयो । गाउमा जीप पुगेपछि स्थानीयले खुशीयाली समेत साटेका थिए । जीपका चालकलाई अविर तथा माला लगाइदिएर गाउलेहरुले स्वागत सम्मान समेत गरेका थिए ।
माथागढी–८ बहादुरपुरका वडाध्यक्ष दिल बहादुर ढेंगाले माथिल्लो बेतेनी गाउँमा गाडी पु¥याउने सपना साकार भएको बताउनुभयो । यसैपनि दुर्गम गाउँ अर्कोतर्फ गाडी पनि नपुगेको अवस्थामा यहाँका नागरिकले कष्टकर दैनिक बिताउनुपरेकोमा अव भने धेरै सहज भएको उहाँले बताउनुभयो । भविष्यमा रामपुर, पूर्वखोला, बेतेनी, बहादुरपुर, सर्वोत्तम सिमेन्ट हुँदै महेशपुर भन्सारसम्म गाडी चल्ने गरी बाटो बनाउने परिकल्पना गरिएको उहाँले बताउनुभयो । तस्बिरः माथागढी खबर