Site icon PALPA SAMACHAR

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पाको आयोजनामा संचालन भएको  पत्रकारिता तालिम सम्पन्न भएको छ ।
रम्भा गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको २ दिने तालिम रानीबास सामुदायिक होमस्टेको सभा हलमा संचालन गरिएको हो । तालिममा रम्भा गाउँपालिका भरिका २० जना प्रशिक्षार्थी पत्रकारको सहभागीता रहेको थियो । तालिममा पत्रकार किरण कौशल, बिजय बौडेल तथा मिलन बिश्वकर्माले सहजीकरण गर्नुभएको थियो ।
तालिममा पत्रकारको परिचय, समाचारका प्रकार र श्रोत, समाचार पहिचान र प्राथमिकता निर्धारण, खोजमूलक पत्रकारिता र फिचर लेखन, समाचारमा मिडियाको प्रयोग र पहुच लगयतका बारेमा सिकाइएको थियो ।
तालिम समापन कार्यक्रमका प्रमुख अतिथि रम्भा गाउपालिका अध्यक्ष बिष्णु प्रसाद भण्डारीले तालिमको महत्व बारे प्रकाश पार्दै रम्भा गाउपालिकाले आम जनताको दैनिकी परिवर्तन गर्न  र विकासमा पत्रकारिता क्षेत्रको अहम भुमिका हुने भएकोले पत्रकारिता क्षेत्रको विकासका लागि कुनै कसर बाकी नराख्ने बताउनुभयो ।  कार्यक्रममा रम्भा गाउपालिकाका उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, २ नम्बर वडाका वडा अध्यक्ष चेतबहादुर सुनारी, नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेना, प्रशिक्षक किरण कौशल, प्रशिक्षार्र्थी पत्रकार शोभा सारू, रिशिराम अर्याल, खुमबहादुर पौडेल  लगायतले सफलताको शुभकामना दिनु भएको थियो ।  समापन कार्यक्रम प्रेस चौतारी नेपाल पाल्पाका अध्यक्ष कृष्ण कार्र्कीको अध्यक्षता र सचिव दयाराज न्यौपानेको संचालनमा चलेको थियो ।
Exit mobile version