Site icon PALPA SAMACHAR

नसर्ने रोग न्यूनीकरण सम्बन्धी कार्यक्रम सम्पन्न

धातानन्द शर्मा गैरे
पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनको आयोजनामा तानसेन १ गैरागाउँमा ‘सङ्क्रामक तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी स्वास्थ्यमन्त्री कार्यक्रम’सम्पन्न भएको छ । प्रमुख अतिथि सुनिल बस्यालले ब्यानर पढेर कार्यक्रमको समुद्घाटन गर्नुभयो । कार्यक्रमका अध्यक्ष पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनका निमित्त प्रमुख माधव बस्यालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै नसर्ने रोगको मृत्युदर ७० प्रतिशत पुगेकाले यसको प्रकोप भयावह भएको र प्रकोप घट्नुको सट्टा अझ बृध्दि भइरहेको छ भन्नुभयो ।
उच्चरक्तचाप, मधुमेह, क्यान्सर, मृगौला रोग, थाइराइड, श्वासप्रश्वासलगायतका नसर्ने रोगको प्रकोपको प्रमुख कारण हाम्रो खानपान र जीवनशैली भएकोले रोगलाई न्यूनीकरण गर्न स्वच्छ षटरसयुक्त भोजन, योग, ध्यान, व्यायामका माध्यमबाट सक्रिय जीवनशैली अपनाएर रोगलाई टाढै राख्नुपर्छ पर्छ भन्नुभयो । भान्सा आरोग्यको प्रथम विन्दु र भान्सा हाम्रो पहिलो अस्पताल हो भन्दै सास्थ्यसम्बध्द आहारका फाइदा विरूध्द आहारका बेफाइदाको चर्चा गर्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तानपा १ का वडाध्यक्ष्य सुनील बस्यालले अति महत्त्वपूर्ण कार्यक्रम आयोजनाका लागि आयोजक संस्थालाई वडाका तर्फबाट धन्यवाद दिनुभयो । कार्यक्रम सानो भएपनि निकै फलदायी रहेको बताउँदै हामीले भौतिक विकासमा मात्र नभै मानव विकासका क्षेत्रमा खास गरि जनतालाई स्वस्थ्य राख्ने कार्यक्रममा पनि उत्तिकै ध्यान दिने प्रतिबध्दता व्यक्त गर्नुभयो । आयुर्वेद स्वास्थ्य केन्द्र तानसेनका डा. विक्रम मलेगोले सङ्क्रामक रोगको परिचय, यसका प्रकार, वर्तमानमा यो रोगको अवस्था र रोकथामका उपायका बारेमा चर्चा गर्नुभयो ।
कार्यक्रममा चण्डी सामुदायिक पुस्तकालयका उपाध्यक्ष मीना अर्याल ढुङ्गाना, सचिव धातानन्द शर्मा गैरे, सेन माविका प्रअ भीमलाल बस्यालले कार्यक्रम उत्तम रहेको बताउँदै कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभयो । कार्यक्रममा अध्यक्ष माधव बस्यालले सहभागीहरुले उठाएका जिज्ञासाको जवाफ दिनुभएको थियो। कार्यक्रममा तानपा वडा नं १ का जनप्रतिनिधिहरु, भुसलडाँडाका स्वास्थ्य चौकी प्रमुख, युनाइटेड मिशन अस्पताल सामुदायिक स्वास्थ्य विभागका मनोज केसी, सेन मावि, भुसलडाँडा मावि, महेन्द्रबोधि माविका प्रअ तथा शिक्षक प्रतिनिधि र विद्यार्थीहरु, विभिन्न टोलसमितिका प्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, पत्रकार, समाजसेवी बुध्दिजीवीहरूको उपस्थिति थियो।
कार्यक्रम आयुर्वेद स्वास्थ्य केन्द्रका वैद्य निरीक्षक यज्ञप्रसाद गैरेको स्वागत तथा निरीक्षक सरिता केसी गोदारको सञ्चालनमा चलेको थियो।
Exit mobile version