Site icon PALPA SAMACHAR

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

पाल्पा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति पाल्पाको आयोजनामा ७ दिने मादल बजाउने प्रशिक्षण कार्यक्रम आइतवारबाट सुरू भएको छ ।

तालिमको शुभारम्भ गर्दै तानसेन नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले यसप्रकारको तालिमबाट मादल बजाउने सीप विकास हुने बिश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा तानसेन नगरपालिका वडानं. ६ का वडाध्यक्ष सागरमान महर्जन, राष्टिय स्वतन्त्र पार्टीका उपसभापति सुमन गैरे, प्रतिष्ठानका कानुनी सल्लाहकार शिवचन्द्र देवकोटा, तानसेन नगरपालिका सामाजिक विकास शाखा प्रमुख भरत प्रसाद आचार्य, पाल्पा व्यापार संघका वरिष्ठ उपाध्यक्ष कमल ढकाल, राष्ट्रिय लोक दोहोरी प्रतिष्ठानका सल्लाहकार जय प्रकाश उप्रेती लागतयका बिशिष्ट अतिथिहरुको सहभागिता रहेको कार्यक्रमका संयोजक पवन वस्यालले बताउनुभयो ।

प्रतिष्ठान मार्फत वेलावेलामा विभिन्न किसिमका सीपमुलक तालिम र प्रशिक्षण दिदै आएको राष्ट्रियलोक तथा दोहोरीगीत प्रतिष्ठानले केवल दर्ता शुल्क मात्र लिएर यसप्रकारको तालिम संचालन गरेको प्रतिष्ठानका प्रथम उपाध्यक्ष तथा प्रशिक्षक रुपेश कार्कीले वताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा ३० जना बढी प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । तालिमकी सहभागी चित्रकला न्यौपानेले यो तालिम समयसापेक्ष रहेको बताउनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पाल्पाका अध्यक्ष कमल भट्टराइको अध्यक्षता, प्रतिष्ठानका सदस्य पवन बस्यालको संयोजन, तालिमका प्रशिक्षक तथा प्रतिष्ठानका उपाध्यक्ष रुपेश कार्कीको स्वागत र सह कोषाध्यक्ष रामकृष्ण कार्र्कीको संचालनमा कार्यक्रम चलेको थियो ।

Exit mobile version