प्रेस चौतारीको भित्तेपात्रो सार्वजनिक

0
259

पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले नयाँ वर्ष २०८० को भित्तेपात्रो सार्वजनिक तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । चौतारी भित्तेपात्रो नेकपा एमाले पाल्पाका अध्यक्ष धनेन्द्रराज घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा र चौतारी पाल्पाका अध्यक्ष कृष्ण कार्कीले संयुक्त रुपमा सार्वजनिक गर्नुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एमाले पाल्पा अध्यक्ष घिमिरेले प्रेस चौतारी पाल्पा शाखा पछिल्लो समय सक्रियताका साथ आफ्ना गतिविधि चलायमान गराएको बताउनुभयो । उहाँले चौतारीको क्रियाशीलताबाट अन्य संगठनहरुले पनि सिक्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाललेसमाजलाई सही मार्गमा हिडाउन र समाजका गलत अभ्यासलाई खवरदारी गर्नका लागि चौतारी सम्बद्ध तथा अन्य पत्रकारहरु सधै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले चौतारीको पछिल्लो नेतृत्वले गरेको कामले संगठनमा बसेर काम गर्ने व्यक्ति, संगठनका सदस्यहरुमा उर्जा थपेको बताउनुभयो । चौतारीका अध्यक्ष कृष्ण कार्कीले संस्थामा रहेका सबैको सहयोग, सद्भाव र मायाबाट संगठनको क्रियाकलाप गर्दै आएको बताउनुभयो । कार्यक्रम चौतारीका लुम्बिनी प्रदेश कमिटी सदस्य कृष्णप्रसाद पोखरेलको स्वागत, पाल्पा शाखा अध्यक्ष कुष्ण कार्कीको अध्यक्षता र सह सचिव सन्तोष ज्ञवालीको सञ्चालनमा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here