• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, May 16, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

दुना टपरी बनाउँदै बगनासकालीका महिला

palpasamachar by palpasamachar
April 15, 2023
in शीर्ष समाचार
0
दुना टपरी बनाउँदै बगनासकालीका महिला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सुमित्रा कँडेल । पाल्पा
वन–जंगलमा खेर जाने सालको पातबाट दुना, टपरी बनाउँदै आएका बगनासकालीका महिला निकै खुसी देखिन्छन् । बगनासकाली गाउँपालिका २ र ३ का महिलाले दुना, टपरी बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनीहरुले आठ महिना देखि दुना, टपरी बनाएर बिक्रीमार्फत आम्दानी गर्न थालेका हुन् ।

पोखराथोकमा दुना, टपरी उद्योग स्थापना गर्दै सामूहिक रुपमा दुना तथा टपरी बनाउने काम गर्दे आएको समूहकी अध्यक्ष कल्पना बिकले बताउनुभयो । विसं २०७८ मा गाउँपालिकाले गाउँका महिलालाई दुना, टपरी बनाउने तालिम दिएको थियो । तालिमपश्चात ६ महिलाको समूह बनाएर काम थालेको अध्यक्ष बिकले बताउनुभयो ।

“पालिकाले ७ दिने तालिम र एक वटा मेसिन निःशुल्क दिएसँगै महिलाले समूह गठन गरेर दुना, टपरी उद्योगबाट उत्पादन गर्दै आएको छौ” बिकले भन्नुभयो । पछिल्लो समय पाल्पामा दुना टपरीको माग बढेको बजार ब्यवस्थापक अनुसा कोइरालाले बताउनुभयो । “जिल्लाको तानसेन, माडी र पालिका भित्रका बजारबाट नियमित माग आउन थालेको छ”। कोइरालाले भन्नुभयो । बजारका पूजा सामग्री पसलले बिक्री गर्दछन्, बाह्रै महिना यसको माग हुने गरेको छ मेसिन अभावले माग अनुसार उत्पादन गर्न सकेका छैनौं उहाँले भन्नुभयो ।

चाडपर्व, पूजा, बिहे तथा मृत्यु संस्कारमा पनि दुना टपरीको माग हुने गर्दछ । तर, धार्मिककार्य तथा अन्य विशेष समयमा माग धान्न समस्या हुने गरेको उहाँले बताउनुभयो ।

एउटा टपरीको मूल्य ३ रुपैयाँ कायम गरिएको समूहकी अध्यक्ष बिकले जानकारी गराउनुभयो । रेडियो टिभिबाट महिला पनि उद्यमी बनेका र घर नजिकै खेर गएको पात सदुपयोग गरेका समाचार सुनेपछि गाउ“का दिदीबहिनीले सल्लाह गरेर गाउँपालिकामा तालिम माग गरेपश्चात् काम सुरू गरेको उहाँले बताउनुभयो ।

“सुरुमा बजारमा कहाँ बिक्री गर्ने भन्ने अन्यौल थियो । पुजा सामग्री पसल र होटलमा सम्पर्क ग¥यौ । बिक्री गर्न धेरै गाह्रो भएन । उत्पादन सुरु भएसँगै अहिलेसम्म राम्रो आम्दानी भएको छ ।” लक्ष्मी गाहाले भन्नुभयो ।

खेर गएको पात र बचेको समयको सदुपयोग गरेर एक जनाले मासिक ६ हजारसम्म आम्दानी गर्ने गरेको गाहाले बताउनुभयो । “पहिले चुरा टिका किन्न समेत श्रीमानसँग माग्नुपथ्र्यो, तर अहिले आफै कमाउन थालेपछि सहज भएको छ ।” उहाँले भन्नुभयो । महिला दिदीबहिनीसँगै मिलेर दुना, टपरी बनाउने काम गर्दा आम्दानीका साथमा रमाइलोसमेत हुने गरेको उहाँले बताउनुभयो । “पहिले यत्तिकै बसेर दिन बित्थ्यो भने, अहिले आम्दानी हुने काम गरेका छौ, आम्दानी भएपछि आफुले किन्न चाहेका सामग्री सजिलै किन्न सक्छौँ जिबिकोपार्जन गर्न नि सहयोग पुगेको छ ।” गाहाले भन्नुभयो ।

प्लास्टिकका सामान विस्थापित गर्न र स्वस्थ्य समाज निर्माण गर्न थालेको सकारात्मक अभियानलाई प्रचार गर्न सकेमा आफ्नो व्यापारले बजार पाउने महिलाहरुको धारणा छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष सरस्वती चिदीले महिलाले गरेको कामलाई सम्मान गर्दै उत्पादन भएका सामग्रीलाई बजार व्यवस्थापनमा पालिकाले सहयोग गर्ने बताउनुभयो । यसप्रकारको कार्यले महिलालाई उद्यमशीलतातर्फ प्रेरित गर्ने अध्यक्ष चिदीको भनाई छ ।

Previous Post

प्रेस चौतारीको भित्तेपात्रो सार्वजनिक

Next Post

पर्यटकीय गन्तव्य तानसेन पाल्पा

palpasamachar

palpasamachar

Next Post
पर्यटकीय गन्तव्य तानसेन पाल्पा

पर्यटकीय गन्तव्य तानसेन पाल्पा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

रम्भामा २ दिने पत्रकारिता तालिम सम्पन्न

May 15, 2025
बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

बहादुरपुरको माथिल्लो बेतेनीमा जीप पुग्यो

May 15, 2025
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version