पर्यटकीय गन्तव्य तानसेन पाल्पा

0
242

भ्रमणका क्रममा पाल्पा पुग्ने धेरै छन् । तर, कुनै पनि स्थान भ्रमण गर्दा त्यस क्षेत्रका बारेमा राम्ररी जानकारी लिएर जाँदा राम्रो हुन्छ । पाल्पा ऐतिहासिक पहाडी सहर हो । यहाँको ढुंगा छापिएका सडकमा हिँड्दै गर्दा तपाईं आफ्ना लागि सुहाउने र ढाकाटोपी खरिद गर्न सक्नु हुन्छ । यहाँको श्रीनगर पहाड रमणीय गन्तव्य हो । दिनभरि हिँडेर कालीगण्डकीको तिरमा रहेको रानीमहल पुग्न सकिन्छ । त्यस्तै, एक्लै नदीको तिरैतिर हिँडेर पनि रमाउन सकिन्छ ।

तानसेनमा पुराना तथा कलात्मक नेवारीघर छन् । त्यस्तै, ढुंगा छापिएका सडक पर्यटक कुरेर बसेका छन् । तीन सय वर्षअघि यो सहर सेन वंशी राजाको राजधानी थियो । श्रीनगर डाँडाको काखमा रहेको यो सहर पाल्पा सदरमुकाम र मध्यपश्चिमकै सांस्कृतिक राजधानी पनि मानिन्छ । यो क्षेत्रमा २ सय ५० मिटरदेखि २ हजार मिटरको उचाइमा अवस्थित छ ।

तानसेन मगर भाषाबाट लिइएको नाम हो । यसको अर्थ उत्तरी बसोवास हुन्छ । पाल्पा पश्चिम नेपालको १२ वटा मगर क्षेत्रमध्ये एक हो ।
कसरी पुग्ने पाल्पा ?
तानसेन जानका लागि काठमाडौंबाट दैनिक बस पाइन्छ । काठमाडौंबाट बुटवल हुदै जादा २ सय ९६ किलोमिटरको दूरीमा पाल्पा छ । त्यस्तै, पोखरा हुँदै जाँदा ३ सय २४ किलोमिटर टाढा पर्छ । त्यस्तै, काठमाडौंबाट पोखरा वा भैरहवा भएर हवाईमार्गबाट पनि पाल्पा जान सकिन्छ । सडकमार्ग हुदै पोखराबाट ३ देखि ४ घन्टामा पाल्पा पुगिन्छ ।

बाह्रै महिना घुम्न सकिने
पाल्पा बाहै्र महिना वा मौसममा घुम्न सकिने ठाउ हो । केही तल बुटवलमा प्रचण्ड गर्मी भइरहदा पनि पाल्पामा अधिकतम २८ डिग्री सेल्सियस मात्र तापक्रम हुन्छ । हिउदमा पनि यहाको मौसम न्यूनतम ८ डिग्री सेल्सियससम्म मात्रै झर्ने गर्छ । नेपालका अन्य स्थानमा जस्तै असार–साउनमा यहा अधिक वर्षा हुन्छ ।
मगर र नेवार धेरै
यस जिल्लामा मगर र नेवारको जनसंख्या धेरै छ । यहा ब्राह्मण, क्षेत्री, भोजपुरी, थारू, गुरुङ, तामाङ र लिम्बूलगायतका जातजातिको पनि बसोवास छ । नेवार, मुख्यतया काठमाडौंका बासिन्दा भए पनि उनीहरू व्यापार–व्यवसायका लागी देशका विभिन्न स्थानमा छरिदै गए । तानसेनलाई उनीहरूले तराई र पहाडबीचको मुख्य व्यापारिकमार्ग र प्रशासनिक मुख्यालयको रूपमा स्थापना गर्न मुख्य भूमिका खेले ।
कस्तो छ सेवा–सुविधा ?
तानसेनमा ग्राहकले खोजेअनुसारका सस्तोदेखि विलासी होटेल तथा लज छन् । यहाका होटेल तथा लजहरू स्वच्छ र सफा पनि छन् । व्यवसायी पर्यटकमैत्री रहेका छन् । यहाका आधुनिक रेस्टुरेन्टले उत्कृष्ट नेपाली खाना तथा विदेशी खाना पस्किरहेका छन् । –नेपाल पर्यटन बोर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here