शाैचालयकाे बाल्टिनकाे पानीमा डुबेर खत्रीकाे मृत्यु

0
151

पाल्पा । तिनाउँ गाउँपालिका २, हरियालीमा शैचालयमा रहेको बाल्टिनको पानीमा डुबेर एक युवकको मृत्यु भएको छ ।

तिनाउँ गाउँपालिका २, कचलमा ४५ वर्षिय डम्बर बहादुर खत्रीको शैचालयमा रहेको बाल्टिनको पानीमा टाउको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले बताउनुभयो ।

कचल फूलबारी टोलमा ससुराली घरमा बस्दै आएका खत्री शैचालय गएपछि लामो समय नफर्किएको र हेर्न जाँदा बाल्टिनको पानीमा टाउको डुबेको अवस्थामा भेटिएको श्रीमती मीना खत्रीलाइ उल्लेख गर्दै प्रहरीले जनाएको छ ।

शौचालयमा चुकुल लगाएको अवस्थामा स्थानीयको सहयोगमा खत्रीलाइ निकाल्दा टाउको डुबेको अवस्थामा निकाली हेर्दा मृत्यु भएको अवस्थामा भेटिएको बताइएको छ । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here