दरबार परिसरका टहरा ६ गतेबाटै भत्काइन्छः कार्की

0
234

पाल्पा । तानसेन नगरपालिकाले दरवार परिसर क्षेत्रका ५७ वटा घर टहरा यही बैशाख ६ गतेबाट भत्काउन सुरु गरिने जनाएको छ । यसअघि नगरपालिकाले टहरा हटाउन ३५ दिने सूचना जारी गरिसकेको छ ।

नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बैशाख ६ गते बिहानबाटै घर टहरा भत्काउन सुरु गरिने बताउनुभयो । यस क्षेत्रमा रहेका टहरा हटाई सौन्दर्यकरण गर्ने योजना रहेको उहाँले बताउनुभयो । सर्वपक्षीय सहमतिपछि पालिकाले उक्त निर्णय गरेको उहाँले बताउनुभयो । नगरपालिकाले सबै क्षेत्रसँगको छलफल र निर्णय पछि यो निर्णय गरेको हो, निर्णय भएको कुरा कार्यान्वयन हुन्छ । कार्कीले भन्नुभयो ।

स्थानीय व्यापारीहरुले भने घर टहरा भत्काउनुपुर्व आफूहरुलाई उचित बिकल्प दिनुपर्ने माग गर्दै आएका छन् । व्यापारीहरुले आफ्नो पसल अगाडि कालो झण्डा राखेर नगरपालिकाको उक्त कार्यको बिरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here