• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, May 14, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन

किसानलाई उद्यमशीलतातर्फ प्रेरित गर्दै बगनासकाली सहकारी

palpasamachar by palpasamachar
April 16, 2023
in अर्थ र पर्यटन, कृषि, शीर्ष समाचार
0
किसानलाई उद्यमशीलतातर्फ प्रेरित गर्दै बगनासकाली सहकारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

विष्णु घिमिरे । पाल्पा
बगनासकाली गाउँपालिका–८ बराङ्दीका अधिकांश कृषकहरुको मुख्य पेशा अहिले भैसीपालन रहेको छ । केही वर्ष अगाडिसम्म दुध विक्रीका लागि डेरीको अभाव भोगेका यहाँका कृषकहरुले डेरी व्यवस्थापन र भैसीपालनको सहयोग पाएपछि भैसीपालनमा आर्कषित भएका हुन् ।

बराङ्दीमा रहेको बगनासकाली बहुउद्देश्यीय सहकारी संस्थाले भैसीपालन पकेट क्षेत्र बनाई काम गरेको छ । सहकारीका अध्यक्ष कृष्ण भुसालका अनुसार कृषकहरुलाई भैसी खरिद देखि दुधको वजारीकरणसम्मको काममा सहकारीले सहयोग गर्न थालेपछि यहाँ भैसीपालन व्यवसाय फस्टाउदै गएको हो । यहाँ अहिले १ सय वढी भैसीपालक कृषकहरुले व्यवसायिक भैसी पालन गरी दुध विक्री गर्दै आएका छन् । प्रति परिवार दैनिक ३ लिटर देखि १५ लिटर सम्म दुध विक्री गर्ने गरेका छन् ।

२०७६ साल असोजमा ३ वटा सहकारीहरुलाई एकीकृत गरि सञ्चालन गरिएको यो सहकारीले कृषि उत्पादन र वजारीकरणलाई प्राथमिकता दि“दै आएको छ । भैसी खरिद, थरी सुधार, गोठ निर्माण र सुधारमा ५० प्रतिशत अनुदान दिएपछि कृषकहरु भैसीपालनमा आर्कषित भएका हुन् । “हामीले भैसी पाल्ने कृषकहरुलाई खरिदमा अनुदान र ऋण मात्रै होईन, कृषि यान्त्रीकरणमा पनि सहयोग गरेका छौं ।” अध्यक्ष भुसालले भन्नुभयो । सहकारीले कृषि सामाग्रीहरू, पानी टयाङ्की, चा“प कटर, मिल्क क्यानहरू जस्ता सामाग्रीहरु समेत सहयोग गरी भैसीपालन व्यवसायलाई टेवा पु¥याउदै आएको छ । सहकारीले बराङ्दीमा डेरी र तानसेनको नारायणस्थानमा संकलन र विक्री कक्ष स्थापना गरेको छ । शुद्व दुधको नामबाट सहकारीले परिचय बनाएको छ । यहाँ दैनिक ४ सय देखि ५ सय ५० लिटरसम्म दुध संकलन र विक्री हुदै आएको छ । दुधको साथै शुद्ध घिउ र कुराउनी जस्ता परिकारहरू बनाएर सहकारीले नै बजारीकराण् गर्दै आएको छ ।

स्थापनाको ३ वर्षमै सहकारीमा ६ सय ६२ महिला, ५ सय ९३ पुरुष गरी १ हजार २ सय ५५ जना आवद्ध भएका छन् । वार्षिक ७ करोड हाराहारीको कारोवार गर्दै आएको सहकारीले नियमित, ऐच्छिक, कारोवार, दम्पत्ती, जेष्ठ, वाल, सस्थागत, आवधिक, पर्व र युवा वचत गरि १० प्रकारका वचतहरू संकलन गर्दै आएको छ ।

सहकारीका व्यवस्थापन लक्ष्मण घिमिरेका अनुसार सहकारीले कृषि र पशुपालनलाई प्राथमिकता दिदै ऋण प्रवाह गरेको छ । यहाँ आपतकालिन देखि दैवीप्रकोप ऋणसम्मको लगानी हुने गरेका छन् । “सहकारी भएपछि वचत र ऋणको कारोवार त हुने नै भयो, हाम्रो प्राथमिकता भनेको सदस्यहरुलाई कृषि, पशुपालन, व्यापार, व्यवसायमा प्राथमिकता दिनु हो ।” सहकारीका सचिव कमलराज तिमिल्सेना भन्नुभयो । भैसी पालन र डेरी संचालनको अलावा सहकारीले कुरिलो खेती देखी अकवरे खुर्सानी प्रर्वद्धन सम्मका कार्यक्रमहरू संचालन गर्दै आएको सचिव तिमिल्सिनाले बताउनुभयो ।
यो सहकारी संस्थाले अदुवा व्लक कार्यक्रम संचालन गरी गुणस्तरीय अदुवाको वीउ, हाते ट्याक्टर, डिजिटल तराजु, औषधी लगायतका कृषि सामाग्रीहरू २ सय किसानहरुलाई सुपथ र सहज उपलब्ध गराएको छ । अध्यक्ष भुसालका अनुसार यहाँ व्यवसायिक कुरिलो खेती र अकबरे खुर्सानी खेती समेत गरिएको छ । गत वर्ष मात्रै ३६ घरधुरीका २ सय रोपनी क्षेत्रफलमा खेती गरिएको थियो जसबाट यहाँका कृषकहरुले रु ६३ लाख रुपैयाँ आम्दानी गरेका छन् । “सहकारी भनेको आम्दानी भएको रकम जम्मा गर्न ल्याउने थलो मात्रै होईन ।” अध्यक्ष भुसालले भन्नुभयो । आम्दानी गर्न सिकाउने पनि सहकारीको काम हो भनेर नै हामीले हाम्रा सदस्यहरुलाई विभिन्न पेषा र व्यवसायमा लाग्न प्रेरित गरेका छौं । उहाँले भन्नुभयो । “म सँग मेरो बगनासकाली, विकास र समृद्धिका लागि सहकारी” भन्ने मूल नारा लिएर अगाडि बढेको सहकारीले सदस्यहरुलाई आत्मनिर्भर बनाउनमा ध्यान केन्द्रित गरेको छ ।

Previous Post

पाल्पामा क्षयरोग दर न्युनीकरण हुन सकेन

Next Post

चौमासिक समिक्षा सहित जनताको गुनासो सम्बोधनमा बगानसकाली

palpasamachar

palpasamachar

Next Post
चौमासिक समिक्षा सहित जनताको गुनासो सम्बोधनमा बगानसकाली

चौमासिक समिक्षा सहित जनताको गुनासो सम्बोधनमा बगानसकाली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

तानसेन महोत्सव अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित

April 10, 2025
विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

विद्यालयमा पाल्पाली ढाकालाई प्रयोग गर्न माग

April 1, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

बगनासकालीमा निःशुल्क परिवार योजना तथा प्रजनन् रुग्णता स्वास्थ्य शिविर सम्पन्न

May 13, 2025
रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

रम्भा गाउँपालिकामा २ दिने पत्रकारिता तालिम संचालन

May 13, 2025
बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

बुटवल हाटबजारमा तिनाउको कृषि उत्पादनको बेग्लै पहिचान

May 11, 2025
प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

प्रेस चौतारी पाल्पाको स्थापना दिवस कार्यक्रम सम्पन्न

May 11, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version