पाल्पा दरबार परिसरका घर टहरा भत्काउन सुरु

0
466

पबित्रा पराजुली । पाल्पा
पाल्पा दरवार संग्रहालय परिसरम हेका घरटहरा तानसेन नगरपालिकाले भत्काउन सुरु गरेको छ । बुधबार बिहानै बाट घर टहरा भत्काउन सुरु गरिएको तानसेन नगरपालिकाका नगर उपप्रमुख प्रतिक्षा सिंजालीले बताउनुभयो । बुधवार बिहान सम्म नै स्थानीय व्यापारीहरुले आफ्नो सटरमा रहेका सामानहरु अन्यत्र सारिरहेका थिए । दरवार परिसरमा रहेका ५७ वटा घरटहरा भत्काइदैछ ।

तत्कालीन नेकपा माओवादीले २०६२ माघ १८ गते आगोले खण्डकर बनाएर ध्वस्त पारेको पाल्पा दरवार संग्रहालय यतिबेला चिटिक्क छ । नेपाल सरकारले क्षतिग्रस्त दरबार पुर्ननिर्माण गरि २०७२ मंसिर ३ गते दरबारलाई संग्रहालय बनाउने निर्णय गरेको थियो । अहिले दरबार भित्र सेनबंशी राजाका थरीथरीका तस्बिर र पोशक र हातहतियारका साम्रागी तथा पुराना संग्रहहरु छ्न । पाल्पा दरवार संग्रहालयलाई विश्व सम्पदा सुचीमा राख्ने आसयको पत्र प्राप्त भएपछि पाल्पा दरबार संग्रहालयका घर टहरा भत्काउन नगरपालिकाले यसअघि ३५ दिने सुचना जारी गरेको थियो ।

यसअघि ब्यापारीहरुले समिति बनाएर घर टहरा तत्काल नभत्काउन र व्यापारीहरुलाई उचित विकल्प दिनुपर्ने माग गर्दै आएका थिए । पुरातत्व बिभागले बिश्व सम्पदा सुचीमा संग्रहालयलाई सूचीकृत गर्ने आसयको पत्र प्राप्त भएपछि नगरपालिकाले उक्त निर्णय गरेको नगरपालिकाका प्रवक्ता यादवसिं कार्कीले बताउनुभयो ।
पाल्पा दरबार संग्रहालय पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको छ । पाल्पा दरवार संग्रहालय घुम्न मासिक ५ हजार ब्यक्ति आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here