बैशाख १४ देखि २४ सम्म तानसेन टुँडिखेलमा पाल्पा महोत्सव

0
406

पाल्पा । यही बैशाख १४ गतेदेखि २४ गतेसम्म तानसेन टुँडिखेल मैदानमा पाल्पा महोत्सव सञ्चालन हुने भएको छ । आयोजक संस्था पाल्पा उद्योग बाणिज्य संघले पत्रकार सम्मेलन मार्फत महोत्सवबारे जानकारी गराएको छ । महोत्सव ३ लाख दर्शकले अवलोकन गर्ने र १० करोड बढीको कारोबार हुने अनुमान गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले बताउनुभयो ।

३ सय बढी स्टल सहभागी हुने महोत्सवलाई आकर्षक र सफल बनाउन स्थानीय र राष्ट्रिय कलाकारको प्रत्येक दिन प्रस्तुति रहने बताइएको छ । महोत्सवले पाल्पालाई करुवा र ढाका बाहेक अदुवाको जिल्लाको रुपमा थप चिनाउने विश्वास आयोजकले लिएका छन् । महोत्सवमा जिल्लाबाट उत्पादन हुने वस्तु तथा सेवाको प्रदर्शनी, बिक्रि, वितरणका साथै राष्ट्रिय, बहुराष्ट्रिय उत्पादनको समेत प्रदर्शनी समेत गरिने प्रचारप्रसार उपसमिति संयोजक विदुर घिमिरेले बताउनुभयो । महिला उद्यमी, घरेलु उद्योग, कुटीर उद्योग, कृषि उद्यमीद्धारा उत्पादित वस्तुको प्रदर्शनी गरिने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here