Site icon PALPA SAMACHAR

रैनादेवी छहरामा जिल्लामै कम बेरुजु

पाल्पा । जिल्लाका १० स्थानीय तहमध्ये रैनादेवी छहरा गाउपालिकामा सबैभन्दा कम बेरूजु देखिएको छ । आर्थिक वर्ष २०७८, ०७९ को महालेखा परीक्षणको अन्तिम नतिजा अनुसार रैनादेवी छहरा कम बेरुजु भएको पालिकाहरू मध्ये पहिलो भएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताउनुभयो ।

यो पटक पालिकाले गर्ने खर्चलाई बेरुजु नहुने गरी भुक्तानी गर्ने तथा भुक्तानी भएका योजनाहरुको तत्काल फछ्र्र्यौट गर्ने नियमित कार्यलाई प्राथमिकता दिएकै कारण कम बेरुजुको अवस्था देखिएको गाउपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले बताउनुभयो । नियमसंगत रही कार्यसम्पादन गरिएको, बजेट खर्चमा पारदर्शिता, प्रचलित ऐन, कानूनको पूर्ण पालना गरिएकै कारण निरन्तर बेरुजु कम भएको गाउपालिका अध्यक्ष रुक्मागत भट्टराइले बताउनुभयो ।


महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६०औं प्रतिवेदनमा पाल्पाको १० स्थानीय तह मध्य रैनादेवी छहरामा सबैभन्दा कम बेरुजु १ करोड ७४ लाख तथा १ दशमलब ५४ प्रतिशत मात्रै रहेको उल्लेख छ ।

Exit mobile version