पाल्पामा बस दुर्घटना, १ जनाको मृत्यु १८ जना घाइते (बिस्तृत विवरण आउन बाँकी)

0
701

पाल्पा । पाल्पामा आइतबार बिहान भएको बस दुर्घटना परि एक महिलाको मृत्यु भएको छ । यो समाचार तयाार पार्दासम्म घाइते १८ जनाको उद्धार गरिएको छ ।

बुटवलबाट बुर्तिवाङर्फ जादै गरेको लु१ख ५९५६ नम्बरको बस सिद्धार्थ राजमार्गअन्तर्गत जोरधारा नजिकै दुर्घटना भएको हो । घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले अहिले उद्धारको कार्य चलिरहेको बताउनुभयो । बस भीरमा अड्किएको अवस्थामा छ । अन्य यात्रुको उद्धार भइरहेको छ । यात्रु कति थिए भन्ने यकिन भइनसकेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here