Site icon PALPA SAMACHAR

माथागढीको रुप्सेमा नागरिक आरोग्य समिति गठन

विकाश काफ्ले । पाल्पा
माथागढी गाउँपालिका– २ रुप्सेमा नागरिक आरोग्य समिति गठन गरिएको छ । नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ बुँदा १२ अनुसार सो समिति गठन गरिएको हो ।

समितिको संयोजकमा वडा अध्यक्ष र सदस्य सचिवमा चिदीपानी आयुर्बेद औषधालयका प्रमुख तथा सदस्यहरुमा स्वास्थ्य संस्थाका कार्यालय प्रमुख विद्यालयका प्रधानाध्यापक तथा महिला स्वास्थ्य स्वयम्सेविका रहनुभएको छ ।

समितिको संयोजकमा वडा अध्यक्ष बोम बहादुर ठाडा तथा सदस्यहरुमा रूप्से स्वास्थ्य चौकी प्रमुख बिक्रम चिदी, कर्णधार माध्यमिक बिद्यालय प्रधानाध्यापक भुपाल सिं सारू, बुद्धिबिकास आधारभूत बिद्यालय प्रधानाध्यापक कमला देवी ढकाल, महिला स्वयंसेविकाद्वय श्रीधरा घर्ती र मिना कोइराला, आमा समुह प्रतिनिधिद्वय सुक्ष्मा भण्डारी र किरण दिशा रहनुभएको छ । त्यस्तै समितिको सदस्य सचिवमा चिदीपानी आर्युवेद औषधालय प्रमुख अमृत भण्डारी रहनुभएको छ ।

नसर्ने रोगहरुविरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनका लागि समिति गठन गरिएको चिदीपानी आयुर्वेद औषधालयका प्रमुख अमृत भण्डारीले बताउनुभयो । अहिले गाउँ समाजमा नसर्ने रोगहरुले डरलाग्दो रुपमा देखा परेको छ, हामीले उपचारभन्दा यसलाई रोकथाम गर्न सक्नु पर्छ । उहाँले भन्नुभयो ।

वडाध्यक्ष बोम ब. ठाडाले गाउँपालिकाले आयुर्वेद सेवा र आयुर्वेद शिक्षालाई पालिकाले पनि महत्व दिएको बताउनुभयो । कोभिड १९ को लहर पछि आयुर्वेद तर्फ धेरै मानिसहरूको आकर्षण बढेको र पालिकाले पनि चिदीपानीमा रहेको आयुर्वेद औषधालय मार्फत विभिन्न रचनात्मक कार्यक्रम अगाडि बढाइ रहेको वडाध्यक्ष ठाडाले बताउनुभयो ।

Exit mobile version