पाल्पा अस्पतालको अध्यक्षमा आत्रेय

0
224

पाल्पा । सरकारी अस्पतालको रुपमा रहेको पाल्पा अस्पताल विकास समितिको अध्यक्षमा गुरास आत्रेय मनोनित हुनुभएको छ ।

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको यही बैशाख ८ गतेको बैठकले आत्रेयलाई अध्यक्षमा मनोनित गर्ने निर्णय गरेको थियो । अस्पतालले मंगलवार एक कार्यक्रमको आयोजना गरी अध्यक्ष आत्रेयलाई स्वागत गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डाक्टर विवेक भण्डारीसहित अस्पतालका कर्मचारीले खादा, अबिर लगाएर र स्वागत गर्नुभएको थियो । सो अवसरमा अध्यक्ष आत्रेयले जनताको अन्तिम भरोसाको रूपमा रहेको अस्पताललाई भरपर्दो र गुणस्तरीय बनाउने काम लागि पर्ने बताउनुभयो ।

तानसेन नगरपालिकाका प्रवक्ता यादव सिंह कार्कीले अस्पतालको विकासका लागि नगरपालिकाले सहकार्य गर्न तयार रहेको बताउनुभयो । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट विवेक भण्डारी समितिका पदाधिकारी र कर्मचारीबीच समन्वय गरेर अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो । मेडिकल अफिसर डाक्टर रमेश खड्का र अस्पताल व्यवस्थापक प्रफुल्ल शर्माले पारिवारिक वातावरणमा अस्पतालको विकास गर्न आवश्यक रहेको बताउनुभयो । अयसअघि प्रदेश मन्त्रालयले विकास समितिको सदस्यमा शशी श्रेष्ठलाई मनोनित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here