यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम तथा प्रभाव

0
263

रम्भा गाउँपालिका–३ पिपलडाँडाका थमन बहादुर गाहाको यो वडा अध्यक्षकै रुपमा दोस्रो कार्यकाल हो । अघिल्लो ५ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरि यो कार्यकाललाई थप प्रभावकारी र अघिल्लो कार्यकालको समिक्षा गर्दै अगाडि बढाएको उहाँको भनाई छ । पिपलडाँडाको समग्र विकास योजना कस्तो छ । चालु आर्थिक वर्षमा के कस्ता योजनाहरू संचालन हुदैछन् र प्रभाव कस्तो छ लगायतको विषयमा रही हामीले वडाध्यक्ष गाहासँग कुराकानी गरेका थियौं ।

विकास योजनाः
साविकको पिललडाँडा गाविस र अहिलेको वडा कार्यालय भवन अहिले गाउपालिकाले उपयोग गरिरहेको छ । हालको वडा भने पिपलडाँडा सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडको भवनमा चलिरहेको छ । यो भवनको भाडा वडाले तिर्नुपर्दैन । रम्भा गाउँपालिकाको स्थायी भवन निर्माण भएर कार्यालय सरेपछि हाल गाउँपालिका कार्यालय चलिरहेको भवनमा वडा कार्यालय सार्ने योजना गरेको वडाध्यक्ष गाहाले बताउनुभयो ।

पिपलडाँडाको बाटोको अवस्थाः
पिपलडाँडा वडाभित्र कम्तीमा २८ वटा शाखा बाटोहरू रहेका छन् । नयाँ ट्रयाक पनि खोलिएका छन् । वर्षात्को समयमा केही स्थानमा समस्या रहेपनि अन्य समयमा सबै टोलमा मोटर सजिलै पुग्छ । यो वडालाई सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोरले पनि छोएको छ । लसुनेबाट सेरासम्म सिद्धार्थ राजमार्ग र जिरोदेखि सहदीखोलासम्म लगभग २ किमि कालीगण्डकी करिडोरले छोएको छ । वडाभित्रको खासबाटोको रुपमा लसुने ओमभञ्ज्याङ देउराली, लसुने, झेक्स्काङ हुदै भञ्ज्याङथोक जाने पहुँच मार्ग पनि छ ।

वडाको विकास योजना संचालनका लागि वडाको बजेटले मात्रै पुग्दैन । पालिका, प्रदेश र केन्द्रका योजनाहरू पनि चलिरहेका छन् । यहाँका मोटरबाटोहरुमा पर्वको समयमा अन्य आवश्यक समयमा सरसफाई गरिन्छ । हरेक वर्ष वडा र पालिकाबाट बजेट लगाएर कार्यपालिकाबाटै निर्णय गरेर पालिका भित्रका मोटरबाटोहरुको सरसफाई हुने गरेको छ ।
चालु आर्थिक वर्ष २०७९÷०८० मा वडामा ६ वटा मोटरबाटोका लागि बजेट बिनियोजन गरिएको छ । एउटा कोलोदी तोरीबारी दमारटोलमा नयाँ बाटो खोलिएको र अन्य बजेट पुरानो बाटोलाई नै राम्रो बनाइएको छ । वडाबाट यो वर्ष सबै योजनाहरुको सम्झौता भयो ।

यो वर्ष ४३ वटा योजना छन् । चालु आर्थिक वर्षमा वडा कार्यालयको बजेट मार्फत आमटारी लुङकरे मोटरबाटोका लागि २ लाख २५ हजार, पिपलडाँडा मोटरबाटो मर्मतका लागि १ लाख, अमराई मोटरबाटोका लागि १ लाख, जिरोदेखि जबुवा गरुङ्गा मोटरबाटोका लागि १ लाख, कोलुङदी तोरीबारी दमार मोटरबाटोका लागि १ लाख, निकीचौर माथिल्लो बग्नास्दी ठाटीभञ्ज्याङ् कृषि सडक स्तरोन्नतीका लागि २ लाख गरि जम्मा ८ लाख २५ हजार रुपैयाँ बिनियोजना गरिएको छ ।

भवन निर्माणः
यो वर्ष वडा कार्यालयको बजेटबाट वडाभित्रका बिभिन्न सामुदायिक भवनहरुको निर्माण तथा मर्मतलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरिएको छ । देउराली सामुदायिक भवन निर्माणका लागि २ लाख, झर्लेङ्दी पौवा निर्माणका लागि १ लाख ५० हजार, बरनास्दी महिला सामुदायिक भवन निर्माणका लागि २ लाख, दलित आरन भवन निर्माणका लागि १ लाख, कोट मन्दिर निर्माणका लागि १ लाख ५० हजार, तल्लो घौङसिङ सामुदायिक भवन निर्माणका लागि १ लाख र जलदेवी बाल बिकास भवन निर्माणका लागि १ लाख ५० हजार गरि जम्मा भवन निर्माण शीर्षकमा १० लाख ५० हजार बिनियोजन गरिएको वडाध्यक्ष गाहाले बताउनुभयो ।

स्वास्थ्यः
स्वास्थ्यमा पिपलडाँडामा राम्रो सेवा पुगेको वडाध्यक्ष गाहाको भनाई छ । यस वडामा एउटा स्वास्थ्य चौकी छ । दुई वटा सामुदायिक स्वास्थ्य इकाई संचालनमा छन् । पिपलडाँडाको ठाटी भञ्ज्याङ र झेस्काङमा सामुदायिक स्वास्थ्य इकाई संचालनमा छ । त्यस्तै बडहरखोलामा छिटै सामुदायिक स्वास्थ्य इकाई सञ्चालनको तयारी गरिएको छ । झेस्काङको सामुदायिक स्वास्थ्य इकाईमा बर्थिङ सेन्टर सञ्चालनको पनि तयारी गरिएको छ ।

यो वर्ष स्वास्थ्य क्षेत्रका लागि झेस्कांग सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापनका लागि ५० हजार, पिपलडाँडा स्वास्थ्य चौकी व्यवस्थापनका लागि १ लाख, रम्भा आर्युवेद औषधालय व्यवस्थापनका लागि ५० हजार र ठाटीभञ्ज्याङ सामुदायिक स्वास्थ्य इकाई व्यवस्थापनका लागि ५० हजार गरि जम्मा रु २ लाख ५० हजार बिनियोजन गरिएको छ ।

बिद्युतीकरणः
पिपलडाँडाका सबै घरमा बिजुली छ । अझै १ सय ५० जति पोल काठका छन् । बिस्तारै यी काठका पोलहरुलाई बिस्थापित गर्दै जाने योजना छ ।

खानेपानीः
पिपलडाँडामा १ घर १ धारा अन्तरगत बिस्तारै पु¥याउने योजना रहेको छ । आफ्नो यो कार्यकालमा सबै घरमा धारा पु¥याउने योजना रहेको वडाध्यक्ष गाहाले बताउनुभयो । यो वर्ष लिउडाडा खानेपानी योजनाका लागि २ लाख, बझाङदी खहरेखोला खानेपानी योजनाका लागि १ लाख ५० हजार, नैसिङगा हाकडाडा खानेपानी योजनाका लागि १ लाख ५० हजार, छापडाडा खानेपानी योजनाका लागि ५० हजार र झरेकवन टोल खानेपानी योजनाका लागि पाइप खरिदका लागि ५० हजार बिनियोजन गरिएको छ ।

कृषि पशुपालन र सिंचाईः
कृषि र पशुपालनमा हेफर इन्टरनेशनल र रिड नेपालसंग मिलेर काम भइरहेको छ । ७५ प्रतिशत पालिका र २५ प्रतिशत हेफरको छ । बाख्रा माउ, ट्याक्टर, बिउ बिजन बितरण, लगायत बितरण गरिएको छ प्राविधिक सहयोग पनि मिलेको छ । यसबाट किसानहरुको आयआर्जन पनि बढेको छ । यो वर्ष कुलो निर्माणका वडा मार्फत ७ वटा योजनामा ६ लाख ५० हजार बिनियोजन गरिएको छ ।

खेलकूदः
वडाले खेलकूद क्षेत्रको विकासका लागि पनि कार्यक्रम बनाएको छ र चालु आर्थिक बर्षमा बजेट पनि बिनियोजन गरेको छ । जस अन्तरगत झेस्काङ भलिवल खेल मैदान निर्माणका लागि १ लाख, कौलाछाप नयाँ चौपारी भलिवल मैदानका लागि २ लाख ५० हजार, पिपलटारी भलिवल खेल मैदान निर्माणका लागि १ लाख र झारुट टोल भलिवल मैदान निर्माणका लागि ७५ हजार बिनियोजन गरिएको छ ।

लक्षित वर्गः
लक्षित वर्ग अन्तरगत ७ वटै लक्षित वर्गहरुलाई पुरानौ समितिबाट काम भएको छ । यी समितिहरुको पुर्नगठन गर्ने योजना छ । वडाबाट बिबिध शीर्षकमा वडा कृषि तथा पशु कार्यक्रमका लागि २ लाख, गााउँ विकास कार्यक्रमको लागि १ लाख, महालक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लि. का लागि ५० हजार र वडाको चालु खर्चको लागि २ लाख ५० हजार गरि जम्मा ६ लाख गरि वडाको जम्मा ५० लाख रुपैया“ बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै पालिका मार्फत नै पिपलडाँडा वडाभित्र घौङसिङ खोला माथिल्लो घोङसिङ मोटरबाटोका लागि ८ लाख, थानकुन पिललटारी गरुङ्गा मोटरबाटोका लागि ६ लाख, सिद्धथान बोरङसे नम्ताहा मोटरबाटोका लागि ५ लाख, झेस्काङ ट्रस्ट भवन निर्माणका लागि ४ लाख, रिमिघा आमा समूह भवनका लागि ४ लाख, बडरखोला कुवादी मोटरबाटोका लागि ३ लाख ५० हजार, बहुउद्देश्यीय सामुदायिक भवन अधुरो पिपलटारीका लागि ५ लाख, चनौटे कुलो मर्मतका लागि २ लाख, केउरादी भुटुकखर्क सिंचाई आयोजनाका लागि ५ लाख, मौलाथर सामुदायिक कोटघरका लागि ४ लाख, पिपलडाँडा सामुदायिक उद्यमी महिला सहकारी संस्था संकलन भवनका लागि ६ लाख गाहाडाँडा जाने मोटरबाटोका लागि १ लाख ५० हजार र मेवाटारी लेउडा“डा मोटरबाटोका लागि २ लाख ५० हजार बिनियोजन भई सबै योजनाको सम्झौता भई अधिकांशको कार्यसम्पन्न समेत भइसकेको छ । 

कार्यक्रम र योजनामा सम्झौता तथा प्रक्रिया र फरफारक शैली सानो ठूलो योजनाको प्रक्रिया एउटै छ । सिस्टम एउटै भएकोले अप्ठेरो भएको छ । सानो योजनाका लागि पनि लामो प्रक्रिया छ । यसलाई योजनाको अवस्था र बजेट हेरि प्रक्रिया सहज बनाउन सके प्रभावकारी हुने थियो । हाम्रो वडाभित्र जनप्रतिनिधिमा कुनै समस्या छैन । समय समयमा बैठक बस्ने र निर्णय हुने गरेको छ । सहमतिमै निर्णय हुन्छ । वडामा अस्थायी कर्मचारीले नै वडा सचिवको जिम्मेवारी बहन गर्दै आउनुभएको छ । अन्य शाखाहरू पनि करारका कर्मचारीहरुले चलाइरहेका छन् । तर पनि कामहरु प्रभावकारी रुपमा नै चलेको छ ।

स्थायी कर्मचारी भए अझ प्रभावकारी हुने थियो । निर्वाचनको समयमा जनताले विश्वास गरेर दिनुभएको जनमतले नै आज जनप्रतिनिधिको रुपमा रहेर काम गर्ने अवसर मिलेको छ । यो अवसरलाई इमान्दारीतापूर्वक कार्यान्वयन गर्दै जनतालाई सहज रुपमा सेवा प्रदान गर्नेमा हामी प्रतिबद्ध छौं । जनताले साच्चिकै जनप्रतिनिधिहरुको सेवाबाट सरकारको सेवा घर दैलोमा आएको अनुभुति गर्ने गरि हामीले काम गर्दै आएका छौं । यसबाहेक आम नागरिकहरुबाट पनि थप सुझाव सल्लाहको अपेक्षा गर्दछौं । यहाँहरुको सुझाव सल्लाह बमोजिम वडा र वडा मार्फत हुने सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता ब्यक्त गर्दछु । (अध्यक्ष गाहासँगको कुराकानीमा आधारित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here