• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home अर्थ र पर्यटन कृषि

यस्तो छ बगनासकाली कृषिको चालु आर्थिक वर्षको हालसम्मको प्रगति

palpasamachar by palpasamachar
April 27, 2023
in कृषि, शीर्ष समाचार, स्थानीय समाचार
0
यस्तो छ बगनासकाली कृषिको चालु आर्थिक वर्षको हालसम्मको प्रगति
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिका आफैमा पनि कृषि उत्पादनका लागि राम्रो सम्भावना बोकेको पालिका हो । यो पालिकाका ९० वटै वडामा कृषि तथा पशुपालनको राम्रो सम्भावना छ ।

चालु आर्थिक वर्ष २०७९÷०८० बाट गाउँपालिकामा कृषि क्षेत्रमा बिभिन्न कार्यक्रमहरू संचालन भइरहेका छन् । अनुदानको मल वितरण तथा ब्यवस्थापन स्थानीय समितिको बैठक बसी रासायनिक मल बिक्रेता सहकारीहरुलाई युरिया बिभिन्न मितिहरुमा यूरिया मल १७२२ बोराको कोटा निर्धारण गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख खिमराज कोइरालाले बताउनुभयो ।

गाउँपालिकाले सबै वडाहरुमा संचालन गरेको एकीकृत घुम्ती शिविरमा कृषि कार्यक्रमहरुलाई पनि प्रमुख प्राथमिकता दिइएको थियो । २०७९ माघ १३ गते देखि माघ २३ गते सम्म सबै वडाहरुमा कृषि मेला प्रर्दशनी कार्यक्रम संचालन गरि सबै वडाहरुमा ३ सय ९४ जना कृषकहरुलाई बिभिन्न विधाहरुमा (खाद्यन्न,दलहन,तेलहन,तरकारी तथा मसलाबाली, फलफूल, नगदे र विविध) वाली वस्तु प्रर्दशनीमा बिभिन्न बाली बस्तुको प्रर्दशन गराए बापत पुरस्कृत तथा उपस्थीत सबै कृषकहरुलाई तरकारी विउ विजन वितरण गरिएको थियो ।

बगनासकाली गाउ“पालिकाको आ.व. २०७९,०८० को बार्षिक स्वीकृत कृषि विकास कार्यक्रम अन्र्तगत वडा नं. १ मा आलु पकेट कार्यक्रमको फरफारक गरिएको छ । मागमा आधारित कृषि कार्यक्रमको कार्यक्रम संचालन गर्नका लागि २० जना कृषक छनौट गरि सम्झौताका लागि ताकेता गरिएको छ । उत्पादनमा आधारित कृषि अनुदान कार्यक्रमको १३ वटा कृषक,समूह,सहकारी छनौट गरि सम्झौताका लागि ताकेता गरिएको, कृषि यान्त्रिकरण अनुदान सहयोग कार्यक्रम अन्र्तगत अनुदानग्राही छनौट गरि सम्झौताका लागि अनुदान ग्राहीलाई ताकेता गरिएको कोइरालाले बताउनुभयो ।

बगनासकाली गाउँपालिकाको लागि आ.व. २०७९,०८० मा सशर्त अनुदानमा कृषि बिभागबाट खाद्यन्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम शिर्षकमा प्राप्त बजेटबाट खर्च हुने गरि गहँु बीउ माग सम्बन्धी सूचना प्रकाशन गरि माग संकलन गरिएको छ । माग बमोजिम उन्नत गहु बीउ (गौतम जात उन्नत ८ टन ,भृकुटी जात उन्नत २.६८ टन र गौतम जात मूल बीउ ०.५२ टन) वितरण गरिएको साथै मकै बीउ माग सम्बन्धी सूचना प्रकाशन गरि मकै बाली प्रर्वधन तथा खाद्यन्न बालीको उन्नत बीउ उपयोगमा अनुदान कार्यक्रम अन्र्तगत गाउँपालिका भित्र उत्पादित मनकामना ३ जातको मूल मकै २ टन र उन्नत मनकामना ३ मकै ११.९३ टन सबै वडाहरुमा पचास प्रतिशत अनुदानमा वितरण गरिएको उहा“ले बताउनुभयो ।

बाली बिशेष एक वडा एक उत्पादन पकेट क्षेत्र निर्माण कार्यक्रम अन्र्तगत वडा नं. १ मा कार्डिनल जातको आलु ६.८१८ टन र वडा नं. ६ मा पोख्रेली निलो आलु ४ टन वितरण गरिएको छ । संघीय सर्शत कार्यक्रम अन्तरगत मकै उत्पादन प्रर्वधन कार्यक्रमको नयाँ समिति गठन गरि कार्यक्रम निर्माण गरिएको, साथै कृषि स्वयंसेवक भर्ना गर्नको लागि सूचना प्रकाशन गरिएको छ ।

मंसिर देखि फागुनसम्म ३३ वटा कृषक समूह दर्ता तथा नविकरण र १ वटा कृषि फर्म १ वठा कृषि फर्म नविकरण गरिएको छ । १ नं. वडाको एक घर एक करेसाबारी तथा तरबुजा र खुर्सानीको बीउ वितरण कार्यक्रम अन्र्तगत २६ वटा कृषक समूहलाई बिउ बीजन वितरण गरिएको छ । त्यसैगरि १ नं. वडाकै ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल वितरण कार्यक्रमको माग सूचना प्रकाशन गरि आएका निबेदन उपर अनुदानग्राही छनौट गरिएको छ ।

वडा नं. २ पोखराथोकको मागमा आधारित कृषि कार्यक्रमको आवेदन माग सम्बन्धी सूचना प्रकाशन गरि आएका निबेदन उपर ४ वटा कृषक समूह छनोट गरि ४ वटा समूहमा आलु खेति कार्यक्रम सम्पन्न गरिएको र मागमा आधारित कृषि कार्यक्रमकै लहरेबाली तरकारी खेति गर्ने कृषक समूह छनौट गरि गाउँपालिकामा सम्झौता गरिएको छ । वडा नं. ३ पोखराथोकको प्रतिस्पर्धामा आधारित कृषि अनुदान कार्यक्रमको आबेदन माग सम्बन्धी सूचना प्रकाशन गरिएको छ । वडा नं. ४ खानीछापको कृषि यान्त्रिकरण कार्यक्रमको आबेदन माग सम्बन्धी सूचना प्रकाशन गरि आएको निवेदन उपर अनुदानग्राही छनौट गरिएको छ ।

वडा नं. ५ दर्लमडाँडाको कृषि यान्त्रिकरण अनुदान सहयोग कार्यक्रमको आबेदन माग सम्बन्धी सूचना प्रकाशन गरि आएको निबेदन उपर अनुदानग्राही छनौट गरिएको छ । हालै दर्लमडाँडाका किसानहरुलाई यान्त्रीकरण वितरण गरिएको छ । वडा नं. ६ यम्घाको कृषि यान्त्रिकरण ५० प्रतिशत अनुदान सहयोग कार्यक्रमको आबेदन माग सम्बन्धी सूचना प्रकाशन गरि निबेदन संकलन गरिएको छ । त्यसैगरि ६ नं. वडाकै मागमा आधारित कृषि अनुदान कार्यक्रमको आबेदन माग सम्बन्धी १५ दिने सूचना प्रकाशन गरि निबेदन संकलन गरिएको छ ।

वडा नं. ७ खानीगाउको मिनिकीट वितरण कार्यक्रम अन्र्तगत खानीगाउँका सबै घर परिवारलाई तरकारी बिउ (सिमी,बोडी र काक्रा) वितरण गरिएको, खानीगाउँका किसानहरुलाई ब्यवसायिक तथा उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्र्तगत ७ दिने सूचना प्रकाशन गरि आबेदन संकलन गरिएको छ । वडा नं. ८ बराङ्दीको ब्यवसायिक कृषकहरुलाई बिउ विजन वितरण कार्यक्रम अन्र्तगत ११ कृषक समूहहरुका कृषकहरू तथा २ रोपनी क्षेत्रफलमा तरकारी खेति गर्ने कृषकहरुलाई नि ः शुल्क बिउ बीजन वितरण गरिएको छ ।

वडा नं. ९ चापपानीको कृषि औजार मिनिटिलर,कम्बाईन मेशिन,धान काट्ने मेशिन ५० प्रतिशत अनुदान कार्यक्रमको आबेदन माग सम्बन्धी सूचना प्रकाशन गरि आएको निबेदन उपर अनुदानग्राही छनौट गरिएको, साथै ९ नं. वडाकै समूह परिचालन, बिउ खरिद तथा वितरण कार्यक्रम अन्र्तगत ३ वटा कृषक समूहमा तरकारी विउ वितरण गरिएको कोइरालाले बताउनुभयो ।

Previous Post

यस्ता छन् पिपलडाँडाका योजना र कार्यक्रम तथा प्रभाव

Next Post

यस्ता छन् माथागढीका यो वर्षका पशु विकास कार्यक्रम

palpasamachar

palpasamachar

Next Post
यस्ता छन् माथागढीका यो वर्षका पशु विकास कार्यक्रम

यस्ता छन् माथागढीका यो वर्षका पशु विकास कार्यक्रम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version