• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Friday, June 6, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

क्यान पाल्पाले आइसिटी सप्ताह मनाउँदै

palpasamachar by palpasamachar
May 2, 2023
in शीर्ष समाचार, शीर्ष समाचार
0
क्यान पाल्पाले आइसिटी सप्ताह मनाउँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा। कम्प्युटर एशोसिएशन अफ नेपाल (क्यान) महासंघ पाल्पाले राष्ट्रिय सूचना प्रविधि दिवस २०८० को सन्दर्भपारेर पाल्पामा सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । क्यान महासंघ पाल्पा शाखाले सोमबार तानसेनमा पत्रकार भेटघाट आयोजना गरी बैशाख १८ गतेदेखि २४ गतेसम्मका कार्यक्रम विवरण सार्वजनिक गरेको हो ।

जस अन्तर्गत बैशाख १८ गते सूचना प्रविधि दिवसको जानकारी दिन पत्रकार भेटघाट, बैशाख २० गते मंगलबार राष्ट्रिय सूचना प्रधिधि दिवसको दिनमा प्रभातफेरी कार्यक्रम आयोजना गर्ने लुम्बिनी प्रदेश पूर्व सहसचिव भोजराज भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार बैशाख २० गते बुधबार ‘सुशासन र समृद्धिका लागि सूचना प्रविधि र साइबर सुरक्षा’ विषयक १ दिने लुम्बिनी प्रदेशस्तरीय सेमिना आयोजना गर्नेगरी तयारी पूरा भएको छ । यसैगरी बैशाख २१ गते ‘सूचना प्रविधि र साइवर सचेतनाको लागि तानसेन नगरस्तरका विद्यालयमा आइसीटी क्लव गठन गर्ने कार्यक्रम रहेको छ । उहाँले जिल्लाको सूचना प्रविधिको क्षेत्रलाई फराकिलो गर्दै सूचना प्रविधि क्षेत्रमा आवद्ध संस्था र व्यक्तिहरूको सहभागिता सहित सक्रियता एवम् पहुँच विस्तार गर्ने अभियानका रूपमा साप्ताहिक कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

जिल्ला अध्यक्ष थमन सारुले क्यानले सामाजिक उत्तरदायित्वलाई समेत ध्यानमा राख्दै वैशाख २२ गते गौतम बुद्ध डाइलाइसिस सेन्टर तानसेनका विरामीहरूलाई फलफूल वितरण कार्यक्रमको तयारी गरेको छ । यस्तैगरी वैशाख २३ गते तानसेन टुँडीखेलमा खुल्ला रक्तदान कार्यक्रम र २४ गते समिक्षात्मक बैठक गरी आइसीटि सप्ताह मनाउने कार्यक्रम रहेको सारुले जानकारी दिनुभयो । सोही अवसरमा लुम्बिनी प्रदेश सदस्य एवम् क्यान महासंघ पाल्पाका पूर्व अध्यक्ष महेश शर्माले राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा देशभर विविन्न कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिनुभयो । शर्माले सूचना प्रविधिको पहुँच विस्तारमा आइसिटी सप्ताहले विशेष भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार पाल्पाका प्रतिनिधि कृष्ण पोखरेल, स्वतन्त्र पत्रकार संघ पाल्पा उपाध्यक्ष भविन्द्र गौतम, बगनासकाली पत्रकार समूहका कोषाध्यक्ष अम्बिका पाण्डे लगायतले क्यानले जिल्लास्थित सरोकारवालाहरूको सहभागितासहितका कार्यक्रमलाई निरन्तरता दिनसकेमा सूचना प्रविधि क्षेत्रको विस्तारमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
कार्यक्रम क्यान महासंघ पाल्पा अध्यक्ष थमन बहादुर सारुको अध्यक्षता र सचिव सुदिप पौडेलको सञ्चालनमा चलेको थियो ।

Previous Post

रामपुरको आगामी योजनाबारे सांसद तथा जनप्रतिनिधि छलफल

Next Post

बगनासकालीमा पालिकालाई थाहै नदिई नदीजन्य पदार्थको गैरकानुनी निकासी

palpasamachar

palpasamachar

Next Post
बगनासकालीमा पालिकालाई थाहै नदिई नदीजन्य पदार्थको गैरकानुनी निकासी

बगनासकालीमा पालिकालाई थाहै नदिई नदीजन्य पदार्थको गैरकानुनी निकासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025

Recent News

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version