• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

बगनासकालीमा पालिकालाई थाहै नदिई नदीजन्य पदार्थको गैरकानुनी निकासी

palpasamachar by palpasamachar
May 3, 2023
in शीर्ष समाचार, शीर्ष समाचार, स्थानीय समाचार
0
बगनासकालीमा पालिकालाई थाहै नदिई नदीजन्य पदार्थको गैरकानुनी निकासी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । बगनासकाली गाउँपालिका वडा नं. ६ मचेटा स्थित कालीगण्डकी नदीमा अनुगमनको क्रममा गैरकानुनी गिटी बालुवा र ढुंगाको अनियमित निकासी भएको पाइएपछि बगनासकाली गाउँपालिकाले थप अनुगमन र कारवाहीका लागि जिल्ला समन्वय समितिलाई पत्राचार गरेको छ ।

बगनासकाली गाउँपालिकाको आफ्नो नियमित अनुगमन गर्ने क्रममा सोमवार स्थानीयहरुको सूचना अनुरुप गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, प्रवक्ता सहित कार्यपालिका सदस्य, प्राविधिक कर्मचारी र पत्रकारहरुले बिभिन्न योजना, नदीघाट र बगरको समेत अनुगमन गरेका थिए ।

अनुगमनको क्रममा दर्पुक तथा मचेटाघाट अनुगमनको क्रममा गाउँपालिकाले बातावरणीय प्रभाव मुल्यांकन नगरिएको गिटी बालुवा उत्खनन् तथा ओसारपसारमा रोक लगाइएको जसको नजिकमा कालीगण्डकी बृहत लिफ्टिङ योजनाका संरचनाहरु निर्माण हुँदै गरेको र मचेटाबस्ती समेतलाई प्रभाव पार्ने गरि नदीजन्य पदार्थ ढुंगा गिटी बालुवा गैरकानुनी उत्खननु गरि नजिकैको दर्पुक गाउँमा लगेर डम्पिङ गरिएको पाइएको छ । त्यस्तै दर्पुकमा निर्माणाधिन मोटरबाटोको पक्की नालीमा पनि गैरकानुनी ढुंगा, गिटी बालुवा प्रयोग भएको पाइएको छ ।

सोही घाटमा पाल्पा स्याङजा जोड्ने पक्की पुल निर्माण हुँदै गरेको स्थानबाट बस्ती तथा निर्माणाधिन योजनालाई पनि प्रभाव पार्ने गरि मचेटाबाट कोही कसैको अनुमति बिना नदी जन्य पदार्थको उत्खनन् र निकासी भएको पाइएको र आफुहरुको अनुगमन पश्चात मंगलवार जिल्ला समन्वय समितिलाई थप अनुगमन गरि आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरिएको गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले बताउनुभयो ।

सोमवार नै सबैको रोहबरमा गरिएको अनुगमनमा करिव ४० ट्याक्टर गिटी बालुवा र करिव १५ ट्याक्टर ढुंगा दर्पुकका बिभिन्न स्थानमा गरिएको डम्पिङमा भेटिएको छ । दैनिक रुपमा ३ ट्याक्टरले सो स्थानबाट गिटी बालुवा ओसारपसार गर्ने गरेको स्थानीयले बताएका छन् । तत्काल यो उत्खनन् रोक्न नसकेमा त्यस क्षेत्रका बस्ती तथा विकास निर्माण योजनाहरुलाई समेत ठूलो नोक्सानी हुने र अवैध रुपमा हुने यस्ता गैरकानुनी कार्यहरुले प्रसय पाउने भएकोले गाउँपालिकाले अनुगमन गरि थप अनुगमनका लागि जिल्ला समन्वय समितिलाई अनुरोध गरिएकोे अध्यक्ष चिदीले बताउनुभयो । गाउँपालिकाले जिल्ला समन्वय समितिलाई पठाएको पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालयलाई समेत पठाइएको छ ।

जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले गाउँपालिकाले पठाएको पत्र प्राप्त भएको र जिल्ला समन्वय समितिको तर्फबाट तत्काल अनुगमन गरिने बताउनुभयो । उहाँले गैरकानुनी कार्य भएको पाइएमा दोषी उपर कानुन बमोजिम कारबाही हुने समेत बताउनुभयो ।

Previous Post

क्यान पाल्पाले आइसिटी सप्ताह मनाउँदै

Next Post

रानीमहलमा हुने राष्ट्रिय पुरुष विच भलिबलको तयारी पुरा

palpasamachar

palpasamachar

Next Post
रानीमहलमा हुने राष्ट्रिय पुरुष विच भलिबलको तयारी पुरा

रानीमहलमा हुने राष्ट्रिय पुरुष विच भलिबलको तयारी पुरा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version