• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Wednesday, June 4, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

गाउँले देउराली पत्रिकाको बार्षिकोत्सव सम्पन्न

palpasamachar by palpasamachar
May 13, 2023
in शीर्ष समाचार
0
गाउँले देउराली पत्रिकाको बार्षिकोत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । गाँउले देउराली साप्ताहिक समाचारपत्रको ३० औ वार्सिकोत्सव समारोह ,कृति बिमोचन, सम्मान कार्यक्रम तथा आर्थीक सहयोग कार्यक्रम पूर्वखोला गाउँपालिका १ ढाक्रेबासमा सम्पन्न भएको छ । कार्यक्रम उद्घघाटन गर्दै पूर्बखोला गाउपालिका अध्यक्ष नूनबहादुर थापाले साहित्यकार रामप्रसाद अर्याल द्वारा लिखित देउरालीको फन्को कृति बिमोचन गर्नुभयो ।

सो अवसरमा आफनो भनाई राख्दै कृति यो ठाउँमा अझ दिल वहादुरको दुइ छोराहरु नारायण सारु र माधव सारुको घरमा आएर विमोचन गर्नुको खास अर्थरहेको वताउनु भयो । उहाँले गाउँले देउरालीले नाम अनुसारको काम विगत ३० वर्ष देखि गरिरहेकोले आफु र संस्थाको तर्फबाट सक्दो सहयोग गर्न तयार रहेको वताउनुभयो ।

साथै उहाँले विकास निर्माण मात्र ठुलो कुरो होइन एक्लै रोइरहेको दिलबहादुरलाई आज सबैको साथ मिलेको महशुस गराइ सामाजिक , ग्रामिण अवस्थाको यथार्थता,पिडा बुझेर सहयोग गरेकोमा आयोजकलाई धन्यवाद समेत दिनुभयो ।
लेखक र कृतिको परिचय गराउदै बिभिन्न समस्याका बाबजुद देउराली पत्रिका नियमित संचालन भएकोमा बधाइ तथा शुभकामना सहित पूर्ब सन्चालकहरु बिनयकुमार कसजु देखि अहिले रामचन्द्र नेपाल सम्मको ऐतिहासिक पृष्ठभूमि र वर्तमान अवस्था सङ्घर्ष बारे पत्रकार महासंघ पाल्पा शाखाका पूर्व अध्यक्ष राजेश कुमार अर्यालले जानकारी गराउनु भएको थियो ।

पुस्तकमाथि समिक्षा गर्दै बरिष्ठ साहित्यकार निलकण्ठ न्यौपानेले कृतिभित्र बिभिन्न बिधामा जम्मा ५८ शिर्षकमा गाउले परिवेशको यथार्थता , सामाजिक सचेतनात्मक , ब्यङग्यात्मक , शिक्षाप्रेरक , सु– सुचित सभ्य समाजको सन्देश दिइएको बताउनुभयो । ग्रामीण जिवन आत्मनिर्भर भए राष्ट्र नै समृद्ध हुने बताउनुभयो ।

समारोहमा देउराली सप्ताहिक पत्रीकाको लागि योगदान पुर्याउनु भएका कृतिका लेखक तथा गाउले देउराली साप्ताहिकका प्रधान सम्पादक रामप्रसाद अर्याल, साहित्यकार डाक्टर टंकप्रसाद पन्त ,धातानन्द शर्मा, गोबिन्दप्रसाद भट्टराई,झमानसिङ दर्लामी , झबिन्द्र देबकोटा लाइ प्रशंसा तथा मायाको चिनोले सम्मान गरिएको थियो ।

सोही अवसरमा ग्रामीण विकास पाल्पाले गाउँले देउरालीका सह सम्पादकको पहल हिम्मत र शाहसका कारण यस्तो ठाउँमा कार्यक्रम गर्न सकिएको भन्दै संस्थाका सचिव रामचन्द्र नेपाललाई सम्मान गरेको छ । यस्तै संस्थाका कोषाध्यक्ष यादवराज शर्मा तथा पत्रिकाका ब्यवस्थापक रिमा घर्तीमगरलाई समेत सम्मान गरिएको थियो ।

पूर्बखोला गाउपालिका ढाक्रेबासका डिलबहादुर सारुका १२ र १४ बर्षका दुई अपाङग छोराहरु नारायण सारु र माधब सारुलाइ दाम्लोले बाँधेर राखिएको समाचार गाउँले देउरालीले प्रकाशन गरेपछि सो ठाउँमा नै पुगेर कार्यक्रम गरिएको भन्दैे ग्रामिण विकास पाल्पाकि उपाध्यक्ष शुशिला श्रेष्ठले सवैलाई स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पत्रिका लाई तथा वरिष्ठ साहित्यकार राम प्रसाद अर्याललाई साहित्यकार डाक्टर टंक पन्थ ,नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष गोबिन्द भट्टराई , साहित्यकार धातानन्द शर्मा लगायतकाले गाउले धरातलमा आएर गाउँको वास्तबिकतालाइ उजागर गरी कार्यक्रम गरेकोमा उपलब्धिमुलक रहेको भन्दै देउराली सधै बाचिरहनुपर्ने र कृति वारम्वार आईरहनु पर्ने बताउनु भयो ।

सो अवसरमा लेखक रामप्रसाद अर्यालले लेखन अवस्था बिषयवस्तु , चुनौती अवसर , प्रतिफल तथा अनुभव बताउनु भयो । कार्यक्रम गाउले देउराली साप्ताहिक का सचिव रामचन्द्र नेपालको सन्चालन, बिभिन्न साहित्यकार बौद्धिक व्यक्तित्वहरुको सहभागिता तथा ग्रामिण बिकास पाल्पाका अध्यक्ष सोमनाथ अर्यालको अध्यक्षतामा कायक्रम सम्पन्न भएको हो
सो अवसरमा पाल्पामा जन्मिएर अमेरीकामा कर्मथलो वनाउनु भएका सागर घिमिरे(गो फण्डमि मार्फत) तथा त्यहाँ कार्यरत नेपालीहरु,यसैगरी पाल्पामा जन्मिएर कोरीयामा अध्ययनरत गरिरहनु भएका राजु रसाली र साथीहरु लगायत, विभिन्न देशहरुबाट फरक क्षमता भएका दुइ बालकको लागि पहिलो चरणमा संकलन गरिएको रकम गाउँपालिकाका अध्यक्ष थापा र ग्रामीण विकास पाल्पाका अध्यक्ष अर्यालले सयुक्त रुपमा प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रमवाट सम्मानित हुनुभएका समाजसेवी झमान सिं दर्लामिबाट दशहजार तथा त्यहाँ उपस्थित भएका महानुभावहरुले संकलन गरेको रकम दश हजार चार सय रुपैया समेत सो प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संस्थाका सचिव रामचन्द्र नेपालले गर्नुभएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत पत्रकार,नेपालमा नाम चलेका साहित्यकार तथा समाजसेवीहरुको वाक्लो उपस्थिति रहेको थियो । गाउँले देउरालीको नाम सुहाउदो काम गरेको भन्दै कार्यक्रममा पुग्ने सवैले पत्रिकाको निकै तारिफ गरेका थिए । डिल वहादुरको परिवार निकै नाजुक भएको र हाल सम्म पनि टेलिफोन समेत नभएका कारण सहयोग गर्न समेत कठिन भैरहेको वताईएको छ ।

केहि दिन भित्रमा पूर्वखोलामा रहेको एक वैकमा खाता संचालनमा ल्याइने र त्यहि खातामा विभिन्न ब्यक्ति तथा सहयोगीहरुले रकम जम्मा गर्नुका साथै उद्धारको काम गरिने गर्नको लागि सबै तयार भएको समेत कार्यक्रमस्थलमा पुग्नु भएका सवैले प्रतिवद्धता समेत जनाउनु भएको थियो । यसैगरी इटहरी घर भई हाल अमेरीकामा रहनु भएको मोहन खतीवडाले नेपालमा निकै चर्चित इन्द्रेणीको टिमलाई पूर्वखोलामै ल्याएर ती दुइ बालकहरुको लागि सहयोग जुटाउनलागि आफुले प्रयास गरिरहेको समेत जानकारी प्राप्त भएको थियो ।

Previous Post

रानीमहलमा हुने राष्ट्रिय पुरुष विच भलिबलको तयारी पुरा

Next Post

रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

palpasamachar

palpasamachar

Next Post
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version