• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Monday, June 2, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शिक्षा, स्वास्थ्य र खेलकुद

रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न

palpasamachar by palpasamachar
May 13, 2023
in शिक्षा, स्वास्थ्य र खेलकुद, शीर्ष समाचार
0
रामपुर आयुर्वेद औषधालयमा बहिरंग सेवा शुभारम्भ सहित विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । रामपुर आयुर्वेद औषधालय रामपुर पाल्पामा बहिरंग सेवा शुभारम्भ गरिएको छ । भवन निर्माण सम्पन्न भएपछि औषधालयमा शुक्रबार देखि बहिरंग सेवा शुरु गरिएको हो । सेवा शुभारम्भका अवसरमा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर समेत सम्पन्न गरेको छ ।

सेवा शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठले अयुर्वेद औषधालयको भौतिक संरचना तयार भए पनि यसको संचालनका लागि चुनौती रहेको बताउनुभयो ।  भवन अनुसारको स्तरिय सेवा प्रदान गर्नका लागि आवश्यक जनशक्ती र उपकरणको अभाव रहेको भन्दै यसको व्यवस्थापन गर्न तिनै तहको सरकारको समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै उहाँले लुम्बिनी प्रदेश कै नमुना आयुर्वेद औषधालयको रुपमा स्थापित गर्न सवैले छलफल , सहकार्य र समन्व्य गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय आयुर्वेद तथा बैकल्पिक चिकित्सा महाशाखाका प्रमुख डाक्टर पुष्पराज पौडेलले अहिले विश्वमै मानिसमा नसर्ने रोग बृद्धि भई रहेको उल्लेख गर्दै यस्ता नसर्ने रोगको निदान तथा उन्मूलनका लागि आयुर्वेद चिकित्साको महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले आयुर्वेदले मासिको स्वास्थ्यलाई स्वस्थ रुपमा बचाई राख्ने भन्दै आयुर्वेद औषधालयबाट प्राप्त सेवाको सदुपयोग गर्न आग्रह गर्नुभयो । यस्तै नरदेव आयुर्वेद चिकित्सालयका बरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ डाक्टर बुद्धि प्रसाद पौडेलले देशका अधिकांश आयुर्वेद औषधालयमा तल्लो तहका कर्मचारीले मात्रै सेवा प्रदान गर्दै आएको भन्दै  विषेशज्ञ सहितको जनशक्ति आवश्यक रहेको बताउनुभयो । आयुर्वेद सेवाले नागरिकको स्वास्थ्य र राज्यको खर्चभार बचाउन समेत मद्दत गर्ने बताउनुभयो । यसैगरी लुम्बिनी प्रदेश आयुर्वेद स्वास्थ्य निर्देशनालयका निर्देशक गणेश प्रसाद सापकोटाले आयुर्वेद औषधालय सञ्चालनका लागि स्थानिय तहले सवै संग समन्व्य गरेर अगाडी बढ्न आग्रह गर्नुभयो  ।

रामपुर नगरपालिकाका निमित्त प्रसाशकीय अधिकृत रामहरि पाण्डेले आयुर्वेदले मानव जीवन र स्वास्थ्यमा महत्पूर्ण भुमिका खेल्ने भन्दै सुविधा सम्पन्न भवनबाट सर्वशुलभ सेवा प्रदान गन आवश्यक रहेको बताउनुभयो । यस्तै नेपाली काँग्रस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराईले आयुर्वेदिक औषधि प्रति मानिसको विश्वास कम भए पनि यसले रोगलाई निर्मूल पार्ने भएकाले आयुर्वेदिक औषधि र सेवाको महत्व दिन प्रतिदिन बढ्दै गएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ७ का अध्यक्ष दोवराज तिवारीले आयुर्वेद र योग शिक्षाको माध्यमबाट नगरबासीको स्वास्थ्यलाई थप मजबुत बनाउनु पर्ने भन्दै गुणस्तरिय सेवाको निरन्तरताका लागि सवैले ध्यान दिनु पर्ने बताउनुभयो । यस्तै वडा नं. ३ का अध्यक्ष दामोदर पाठकले औषधायबाट सहज र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न आग्रह गर्नुभयो । औषधालय व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष तथा वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलले रामपुर आयुर्वेद औषधालय यस क्षेत्रको सभ्यता संग जोडिएको भन्दै यसको प्रबद्र्धन र संचालनका लागि सवैको सहयोग आवश्यक पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर आयुर्वेद औषधालयका प्रमुख चेमन प्रकाश पाखरेलले आयुर्वेद सेवा प्रति मानिसको विश्वास बढ्दै गएको र दिन प्रतिदिन सेवा लिन आउने सेवाग्राहीको संख्यामा पनि बृद्धि भई रहेको जानकारी दिंदै कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेलको अध्यक्षतामा भएको सेवा शुभारम्भ तथा स्वास्थ्य शिविर उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन यज्ञ प्रसाद ले गर्नु भएको थियो ।

सेवा शुभारम्भका रामपुर नगरपालिका र पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रको संयुक्त आयोजनामा विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा पाल्पा , स्याङ्जा , तनहुँ लगाएतका स्थानबाट १ सय ६८ जनाले पञ्चकर्म सहित विभिन्न रोगको चेक जाँच तथा उपचार गराएका छन् । शिविरमा निशुल्क रुपमा आयुर्वेदिक औषधि वितरण गरिएको थियो । साथै नवनिर्मित भवनबाट नियमित रुपमा विभिन्न नियमित सेवा प्रदान गरिने भएको छ ।

Previous Post

गाउँले देउराली पत्रिकाको बार्षिकोत्सव सम्पन्न

Next Post

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अर्याल

palpasamachar

palpasamachar

Next Post
खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अर्याल

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अर्याल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025

Recent News

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

पोखराथोकमा जेष्ठ नागरिक सम्मान सम्पन्न

June 2, 2025
तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

तानसेनमा मादल बजाउने सीपको प्रशिक्षण

June 1, 2025
गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

गुणस्तरीय स्वास्थ्य सेवामा निस्दीको जोड

May 31, 2025
सीप विकास कार्यक्रममा माथागढीको जोड

सीप विकास कार्यक्रममा माथागढीको जोड

May 31, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version