Site icon PALPA SAMACHAR

खेलकुद पत्रकार मञ्चको अध्यक्षमा अर्याल

पाल्पा । नेपाल खेलकुद पत्रकार मञ्च जिल्ला समन्वय शाखा पाल्पाको अध्यक्षमा माधव अर्याल पुनः निर्विरोध चयन हुनुभएको छ ।

मञ्चको साधारणसभा तथा जिल्लामा खेलकुद पत्रकारितमा रुचि राख्ने पत्रकारहरुको भेलाबाट उपाध्यक्षमा देब पचभैया, सचिवमा बिजय बौडेल, कोषाध्यक्षमा कमल अधिकारी र सहसचिवमा दुर्गेस मल्ल सर्वसहमतिबाट चयन हुनुभयो । सदस्यहरुमा कृष्ण कार्की, विष्णु खनाल र दयाराज न्यौपाने सदस्य चयन रहनुभएको छ । नवनिर्वाचित अध्यक्ष अर्यालले पाल्पाको खेलकुद पत्रकारितालाई अगाडि बढाउन सबै क्षेत्रको सकारात्मक सहयोगको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले खेलकुद पत्रकारितामा रुचि राख्नेहरुको संगठनबाट अन्य पत्रकारहरुलाई पनि यस क्षेत्रमा रुचि राख्नेगरी आगामी दिनमा काम गर्नुपर्ने बताउनुभयो मञ्चका केन्द्रीय सदस्य प्रजित शाक्यले खेलकुद पत्रकारिता प्राविधिक विषय भएकाले पनि यसक्षेत्रमा रुची जगाउनका लागि मैदानमै पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला खेलकुद विकास समितिका कार्यवाहक अध्यक्ष दीपक घिमिरेले समन्वयकारी भूमिका निर्वाह गर्दै खेलकुदको क्षेत्रलाई पत्रकारितामा जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व अध्यक्ष गोविन्द भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा, प्रेस चौतारी नेपालका सचिव नारायण न्यौपाने, प्रेस सेन्टर पाल्पाका कार्यवाहक अध्यक्ष नवराज ज्ञवाली लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । अध्यक्ष माधव अर्यालको अध्यक्षता, उपाध्यक्ष अनिल लिगलको स्वागत र सचिव देव पचभैयाको संचालनमा कार्यक्रम चलेको थियो ।

Exit mobile version