• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Thursday, June 19, 2025
  • Login
PALPA SAMACHAR
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य
No Result
View All Result
PALPA SAMACHAR
No Result
View All Result
Home शीर्ष समाचार

आवधिक योजना तर्जुमा सहित ३ दिने कार्यशाला गोष्ठी रामपुरमा सम्पन्न

palpasamachar by palpasamachar
May 20, 2023
in शीर्ष समाचार, स्थानीय समाचार
0
आवधिक योजना तर्जुमा सहित ३ दिने कार्यशाला गोष्ठी रामपुरमा सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा । रामपुर नगरपालिकाको आवधिक योजना तर्जुमा सम्बन्धि ३ दिने कार्यशाला गोष्ठि सम्पन्न भएको छ ।

रामपुर नगरपालिकाको आगामी पाँच बर्षका लागि अवश्यक योजना तथा बजेट अनुमान सहित गोष्ठि शनिबार सम्पन्न भएको हो । नगर भित्रका वडा अध्यक्ष, जनप्रतिनिधि, विभिन्न राजनितिक दल, विषयका विज्ञ,विषयगत शाखाका प्रमुख तथा कर्मचारी, पत्रकार लगाएत सरोकारवालाहरुको सहभागिता रहेको कार्यशालामा आगामी ५ बर्षका लागि नगरमा संचालन गर्नु पर्ने योजना र अनुमानित बजेट प्रस्तुत गरिएको थियो ।

कार्यशालामा नगरको पूर्वाधार विकास , समाजिक विकास , आर्थिक विकास , वन तथा वातावरण एवं विपद व्यवस्थापन , संस्थागत सुशासन तथा व्यवस्थापन र समष्टिगत क्षेत्रका विभिन्न योजनाका विषयमा सामुहिक रुपमा छलफल गरिएको थियो । कार्यशालाले “सुखी समृद्ध सुसंस्कृत शहर , सम्मुन्नत रामपुर हाम्रो रहर ”भन्ने नारा तय गर्दै आगामी ५ बर्षका लागि विभिन्न योजना माथि छलफल गरेको हो । कार्यशालामा नगरको कृषि , शिक्षा , स्वास्थ्य , पर्यटन , वन तथा वातावरण , सडक ,भौतिक पूर्वाधार निर्माण , खेलकुदको विकास , राजश्व लगाएतका क्षेत्रमा संचालन गरिने योजना र बजेट प्रस्तुत गरिएको थियो ।

कार्यशालाको समापन गर्र्र्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले कार्यशालाबाट तय भएका योजनालाई कार्यान्वयन गर्न सके मात्र सुखी समृद्ध सुसंस्कृत शहर , सम्मुन्नत रामपुर हाम्रो रहर भन्ने नाराले सार्थकता पाउने बताउनुभयो । उहाँले नगरको विकास र समृद्धिका लागि सवै क्षेत्रको समन्वय र सहकार्य गरेर अगाडी बढ्न आफू तयार रहेको बताउनुभयो । नगर प्रमुख थापाले भन्नुभयो – “सामुहिक योजना बनाएर अगाडी बढे नगरको विकास सम्भव छ , हरेक योजना सञ्चालन र कार्यान्वनका लागि सवैको एउटै आवाज हुनुपर्छ । ” साथै उहाँले धेरै योजना संचालन गर्नु भन्दा पहिचान दिने खालका योजना सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । सबै क्षेत्रमा टुक्रे योजना संचालन गर्दा दिर्घकालिन रुपमा परिणाम नदेखिने भएकाले वडाले पनि वडाको पहिचान दिने खालका योजना बनाउन र धेरै योजना माग नगर्न आग्रह गर्नु भएको छ । उहाँले धेरै योजना माग गर्ने र योजना राख्नु पर्ने बाध्यता रहेको भन्दै अब सबैको समन्वयमा पहिचान र परिणाम देखिने योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेपाल सरकारका पूर्व सहसचिव एवं विज्ञ कृष्ण प्रसाद पौडेलले विकासको खाका तयार भएकाले यसलाई आधार मानेर नगरको योजना तय गर्न आग्रह गर्नुभयो । उहाँले नगर भित्र रहेका स्रोत साधनको उच्चतम प्रयोग गरेर नगरको कायाप्लट गर्नु पर्ने बताउनुभयो ।

कार्यशालामा नेकपा एमाले रामपुर नगर कमिटि अध्यक्ष विष्णु प्रसाद रेग्मीले कार्याशालाको क्रममा छलफल भएका कतिपय योजना नमिलेकाले संशोधन सहित कार्यान्वयनको पक्षमा जोड दिनु पर्ने बताउनु भएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टि रामपुरका सभापति अर्जुन प्रसाद श्रेष्ठ , नेकपा एकिकृत समाजवादीका जिल्ला सहसचिव कमल सेन , राष्ट्रिय प्रजातन्त्र पार्टिका बृहस्पति अर्यालले बोल्दै सबै संग समन्वय गरेर योजना तय गरि नगरको समुन्नत विकासमा लाग्नु पर्ने बताउनु भएको छ ।

रामपुर नगरपालिकाको आयोजना, प्रदेश सुशासन केन्द्र बाँकेको प्राविधिक सहयोग र सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिको सहजिकरणमा कार्यशाला सम्पन्न भएको हो । विहिबार देखि चलेको ३ दिने कार्यशाला गोष्ठिको सहजिकरण सेफ ईन्जिनियरिङ कन्सल्टेन्सिका कन्सल्टेन्ट किशोर रिजाल र शालिकराम पोखरेलले गर्नु भएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको समापन कार्यक्रमको संचालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो ।

 

Previous Post

तानसेनमा वृत्ति विकास तथा रोजगार मेला चल्दै

Next Post

शुक्रवार तानसेनमा रोजगार मेला हुँदै

palpasamachar

palpasamachar

Next Post

शुक्रवार तानसेनमा रोजगार मेला हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Stay Connected test

  • 23.9k Followers
  • 99 Subscribers
  • Trending
  • Comments
  • Latest
पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

पोखराथोक लालपाटीमा फागु मेला लाग्दै

March 10, 2025
क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

क्षयरोग कार्यक्रमको अर्धवार्षिक समीक्षा र विश्लेषण कार्यक्रम सम्पन्न

May 15, 2025
पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

पाल्पामा दाजुकाे हत्या गरेका सुजनले गरे पूर्व पत्नी सहित २ छोरीको हत्या

May 28, 2025
पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

पाल्पा आवासिय माविमा फुड फेस्टिवल सम्पन्न

May 2, 2025

Entrepreneurial Advertising: The Future Of Marketing

0

Mobile Marketing is Said to Be the Future of E-Commerce

0

How Nancy Reagan Gave Glamour and Class to the White House

0

The Weirdest Places Ashes Have Been Scattered in South America

0
सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025

Recent News

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

सहज स्वास्थ्य सेवामा प्रतिबद्ध पुर्वखोला

June 12, 2025
उद्यमशील बन्दैछन् बगनासकालीका महिला

उद्यमशील बन्दैछन् बगनासकालीका महिला

June 12, 2025
छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

छात्राहरूका लागि डिजिटल एवम् वित्तीय साक्षरता र उत्प्रेरणा कार्यक्रम

June 6, 2025
यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

यान्त्रिकरणमा बगनासकालीको बिशेष जोड

June 6, 2025
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 985-7065839

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

No Result
View All Result
  • Home
  • शीर्ष समाचार
  • स्थानीय समाचार
  • शिक्षा, स्वास्थ्य र खेलकुद
  • बिचार
  • मनोरञ्जन
  • अर्थ र पर्यटन
  • कृषि
  • साहित्य र संस्कृति
  • सम्पादकीय
  • अन्य

पाल्पाबाट १४ वर्षदेखि नियमित प्रकाशुन हुँदै आएको लोकप्रिय साप्ताहिक पत्रिका पाल्पा समाचारपत्रद्वारा सञ्चालित अनलाइन पत्रिका पाल्पा समाचार डटकमका लागि सम्पादक/प्रकाशकः यज्ञमूर्ति तिमिल्सिना सूचना बिभाग दर्ता नं. ७३२/०७४–०७५ प्रेस काउन्सिल दर्ता नं. १०११ सम्पर्क नं. ९८५७०६५८३९ इमेलः yagya.palpali@gmail.com ठेगानाः तानसेन नगरपालिका–१ गैरागाउँ पाल्पा

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Go to mobile version